आठौँ दिनमा बढ्यो नेप्से, सवा ८ अर्बको कारोबार
काठमाडौँ । लगातार ७ दिनको गिरावटपछि सेयर बजार परिसूचक (नेप्से) आज बढेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक १७.२८ अंकले घटेको हो । योसँगै बजार परिसूचक २७३६.४८ विन्दुमा पुगेको छ ।
आज बजारमा ८ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भयो । आज ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज बजारमा १४६ कम्पनीको मूल्य बढेको छ । ८८ कम्पनीको मूल्य घटेको छ भने बाँकी १० कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा पिपुल्स पाबर कम्पनी, प्रभु इन्स्योरेन्स र दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ । विन नेपाल लघुवित्तको शेयर भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
बजारमा आज माइक्रोफाइनान्स र विकास बैंकबाहेक सम्पूर्ण उपसूचक बढेका छन् । अन्य र लगानी समूहमा १ प्रतिशत भन्दा धेरै बढेको देखिन्छ । कारोबार रकमका आधारमा आज पनि माछापुच्छ्रे बैंकको प्रोमोटर शेयरको ८१ करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको ५६ करोड रुपैयाँको कारोबार भएको छ ।
कारोबार सङ्ख्याका आधारमा भने आज पनि गार्डियन लाइफ इन्स्योरेन्स अगाडि रह्यो भने कारोबार भएको सेयर संख्याका आधारमा माछापुच्छ्रे बैंकको प्रोमोटर शेयर अगाडि रहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण