‘अञ्जिला’ले कति पायो शो ?
बुधबार, २८ फागुन २०८१, १७ : १३

काठमाडौं । होलीको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘अञ्जिला’को अग्रिम बुकिङ खुला भएका छ । निर्माण युनिटले जनाए अनुसार फिल्मले अहिलेसम्म ११० शो प्राप्त गरेको छ । टिकट बुकिङको आधारमा शो घटबढ हुनसक्छ ।
‘प्रिमियरमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएको कारण फिल्म प्रति आसावादी छौ’ निर्देशक चाम्सले भने, ‘शो संख्या धेरे भन्दा पनि प्राप्त शोहरूमा दर्शकको उपस्थिति र प्रतिक्रिया प्रमुख कुरा हो ।’
महिला फुटबल खेलाडी एञ्जिला तुम्बापो सुब्बाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथामा बनेको फिल्ममा एञ्जिलाको समेत अभिनय छ । एञ्जिलाको अलावा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय पनि देख्न सकिन्छ ।
फिल्म एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदीमा डुबेर बेपत्ता तीनमध्ये एक जनाको शव फेला
-
रास्वपा नेताहरूले भैरहवा आएर भने – लुम्बिनीमा लगानीको सम्भावना छ
-
तीनकुने घटना : ‘सुरक्षा कमजोरी’बारे छानबिन गर्न समिति गठन