आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
काठमाडौँ । काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा समेत नेकपा (एमाले) र नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनहरूले चुनावी तालमेल गर्ने भएका छन्। अनेरास्ववियु र अनेरास्ववियूबिच चुनावी तालमेल भएको हो ।
चैत ५ गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनमा दुई संगठनबिच तालमेल भएको हो । मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम थियो। त्यही बेला दुई संगठनबिच मिलेर दर्ता गरिएको अनेरास्ववियु उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए।
आरआरमा समाजवादी निकटको अनेरास्ववियूलाई कोषाध्यक्ष दिएको छ। एमालेनिकट अनेरास्ववियुबाट स्ववियु अध्यक्षमा लोकेश खड्का उम्मेदवार बनेका छन्।
एकीकृत समाजवादीबाट कोषाध्यक्षमा अम्बिका अधिकारी उम्मेदवार बनेकी हुन् । आरआरमा यसअघि २०७९ सालकाे निर्वाचनमा समाजवादी निकट अनेरास्ववियू लगायतले तालाबन्दी गरेपछि स्ववियु निर्वाचन हुन सकेको थिएन।
त्रिविको केन्द्रीय क्याम्पसमा समेत दुई संगठनबीच चुनावी तालमेल भएको छ। केन्द्रीय क्याम्पसमा कीर्तिपुरमा स्ववियु निर्वाचनमा मिलेर संयुक्त रूपमा लड्ने सहमति भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण