सातदोबाटोमा खेलाडीको होली
बिहीबार, २९ फागुन २०८१, १३ : ५४
काठमाडौँ । मिसन– २०२६ अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भेला भएर बिहीबार होली पर्व मनाएका छन् ।
राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीले आयोजना गरेको कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, खेलाडी, प्रशिक्षक, सम्बन्धित राष्ट्रिय खेल संघका पदाधिकारीलगायतले एक–आपासमा रंग दलेर होलीको शुभकामना आदान–प्रदान गरेका थिए ।
प्राय तालिममै व्यस्त रहने खेलाडीलाई विशेष अवसरमा फरक अनुभूति दिलाएर पुनर्ताजगी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण