बर्दियामा स्थानीयले अवरुद्ध गरेको राजमार्ग ३ घण्टापछि सञ्चालनमा
बुटवल । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट स्थानीयको मृत्यु भएपछि स्थानीयले बुधवार अवरुद्ध पारेको पूर्व पश्चिमी राजमार्ग सञ्चालनमा आएको छ ।
पूर्व(पश्चिम राजमार्ग भुरीगाउँ-चिसापानी सडक खण्डको बलाटी भन्ने ठाउँमा स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेको सडक करिब ३ घण्टापछि सञ्चालनमा आएको छ ।
गएराति ठाकुर बाबा नगरपालिका-२, बलाटीका ७१ वर्षीय बोलिराम थारुको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।
मानव(वन्यजन्तु द्वन्द्व न्यूनीकरणको लागि दिगो समाधान खोज्न माग गर्दे स्थानीयहरूले सडक अवरुद्ध पारेका थिए । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण डाँगीले स्थानीयहरूसँग मौखिक रूपमा पीडितलाई क्षतिपूर्ति सहमति भएपछि अहिले सडक सञ्चालनमा आएको रातोपाटीलाई बताए ।
उनले करिब ३ घण्टा परि सडक सञ्चालनमा आएपछि रोकिएका सवारी साधनहरु आ आफ्नो गन्तव्यमा लागेको रातोपाटीलाई बताए ।
गएराति आफ्नो घर नजिकैको खेतमा हात्तीले गहुँ खाएको थाहा पाएपछि धपाउन निस्केका थारुको हात्तीले आक्रमण गरेर मृत्यु भएको थियो । स्थानीयहरू निकुञ्ज तथा स्थानीय तहले क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण