करिश्माको घरको होलीमा को–को पुगे कलाकार ?
बिहीबार, २९ फागुन २०८१, १७ : ०२

काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले हरेक वर्ष विशेष रुपले होली (फागु पूर्णिमा) मनाउँदै आएकी छिन् । खानपिन र भव्य पार्टीसहित उनले गोदावरीस्थित घरमा होली आयोजना गर्छिन् । उनले आयोजना गर्ने होली कार्यक्रममा हिट फ्लप, नयाँ पुराना प्रायः सबै कलाकारले सहभागिता जनाउने गरेका छन् । कार्यक्रममा उनी रंग पत्रकारलाई पनि निम्त्याउने गरेकी छन् ।
यस वर्ष पनि करिश्माले कलाकर्मीलाई निम्त्याएर होली मनाएकी छन् । उनको घरमा होली खेल्न चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, निखिल उप्रेती, सञ्चिता लुइँटेल, सरोज खनाल, युवराज चौलागाईं लगायत थुप्रै कलाकर्मी पुगेका छन् । त्यहाँ कलाकारले एक अर्कोलाई रंग छ्याप्दै, नाच गान गरेर मनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म