करिश्माको घरको होलीमा को–को पुगे कलाकार ?
बिहीबार, २९ फागुन २०८१, १७ : ०२
काठमाडौँ । अभिनेत्री करिश्मा मानन्धरले हरेक वर्ष विशेष रुपले होली (फागु पूर्णिमा) मनाउँदै आएकी छिन् । खानपिन र भव्य पार्टीसहित उनले गोदावरीस्थित घरमा होली आयोजना गर्छिन् । उनले आयोजना गर्ने होली कार्यक्रममा हिट फ्लप, नयाँ पुराना प्रायः सबै कलाकारले सहभागिता जनाउने गरेका छन् । कार्यक्रममा उनी रंग पत्रकारलाई पनि निम्त्याउने गरेकी छन् ।

यस वर्ष पनि करिश्माले कलाकर्मीलाई निम्त्याएर होली मनाएकी छन् । उनको घरमा होली खेल्न चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, निखिल उप्रेती, सञ्चिता लुइँटेल, सरोज खनाल, युवराज चौलागाईं लगायत थुप्रै कलाकर्मी पुगेका छन् । त्यहाँ कलाकारले एक अर्कोलाई रंग छ्याप्दै, नाच गान गरेर मनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण