नेपालले महिला तथा बालिकाको सशक्तीकरणमा उल्लेख्य उपलब्धि हासिल गरेको छ : मन्त्री सुडी
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नेपालले लैङ्गिक समानताको प्राप्ति र महिला तथा बालिकाको सशक्तीकरण समावेशीतामा उल्लेख्य उपलब्धि हासिल गरेको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घ मुख्यालय न्यूयोर्कमा आयोजित महिलाको स्थितिसम्बन्धी आयोग (सिएसडब्लु) को ६९औँ सत्रमा बुधबार राष्ट्रिय वक्तव्य प्रस्तुत गर्दै मन्त्री सुडीले लैङ्गिक समानता दिगो र न्यायपूर्ण समाजको प्रवद्र्धनका लागि महत्त्वपूर्ण रहेको बताए। नेपालले विगत तीन दशकमा यस दिशामा गरेका महत्त्वपूर्ण प्रगतिलाई प्रकाश पार्दै भने, “नेपालको संविधानले सङ्घीय र प्रादेशिक संसद्मा ३३ प्रतिशत र स्थानीय निकायमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । नेपालले सदैव लैङ्गिक समानता र महिला सशक्तीकरणका मुद्दालाई उच्च प्राथमिकता दिँदै आएको छ ।”
महिलालाई सशक्त बनाउन वित्तीय समावेशीकरण विस्तार गर्ने, सामाजिक सुरक्षा सुदृढ गर्ने, लैङ्गिक उत्तरदायी बजेटलाई अगाडि बढाउने, लैङ्गिक डिजिटल विभाजनलाई कम गर्ने, र लैङ्गिक–विश्लेषित तथ्याङ्कको सङ्कलन तथा उपयोगलाई बढाउनेलगायतका क्षेत्रमा रणनीतिक हस्तक्षेपको महत्त्वमा मन्त्री सुडीले जोड दिए ।
मन्त्री सुडीले सिएसडब्लुको ६९औँ सत्रको मन्त्रीस्तरीय बैठकलाई पनि सम्बोधन गरे । सो बैठकमा उनले लैङ्गिक समानता र महिला सशक्तीकरण अभिवृद्धि गर्न नेपालका राष्ट्रिय संयन्त्रले गरेका कार्यबारे प्रकाश पारेका थिए । उनले नेपालका कानुन र नीतिले आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रमा सबै प्रकारका लैङ्गिक भेदभाव उन्मूलन गरेर महिला सशक्तीकरण र लैङ्गिक समानताको प्रत्याभूति गरेको अवगत गराएका थिए ।
बालिका शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक सशक्तीकरणमा कार्यक्रम तथा पहलमा लगानी बढाउन र सार्वजनिक तथा निजी वित्त परिचालन गर्न मन्त्री सुडीले आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण