मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
बागमती । करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीमा आज एक युवकको मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
करेन्ट लागेर सख्त घाइते भएका मोक्तानलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
शङ्कास्पद वस्तु फेला
हेटौँडा उपमहानगरपालिका–४ सितलमहलचोक नजिक गरुडपथमा आज साँझ शङ्कास्पद वस्तु फेला परेको छ । सितमहल जाने भित्री सडकखण्डअन्तर्गत स्थानीय सिर्जना पौडेलको घर अगाडि प्रेसर कुकर फेला परेको हो ।
प्रेसर कुकर रहेको स्थलमा अहिले सुरक्षाकर्मी परिचालन गरिएको र उक्त वस्तु निश्क्रिय पार्न नेपाली सेनाको टोलीसँग समन्वय भइरहेको प्रवक्ता अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण