दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग
दोलखा । दोलखाको विभिन्न विद्यालयहरूमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग गरिएको छ । कांग्रेस नेता तथा समाजसेवी एवम् स्कुल अफ डेमोक्रेसी दोलखाका अध्यक्ष प्रभुराम श्रेष्ठको नेतृत्वमा शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
श्रेष्ठको नेतृत्वमा भीमेश्वर नगरपालिका ९ झाँक्रीचौरस्थित बुद्ध प्राथमिक विद्यालय, तामाकोशी गाउँपालिका– २ झुलेस्थित जनप्रभात मावि र मेलुङ गाउँपालिकामा ५ डाँडाखर्कस्थित डाँडाखर्क माविका विद्यार्थीहरूलाई झोला तथा कम्प्युटर हस्तान्तरण गरिएको हो ।
त्यस्तै दोलखाकै बुद्ध प्राविलाई कम्प्युटरसहित शैक्षिक सामाग्री र स्कुल ब्याग वितरण गरिएको छ । सो विद्यालयमा बिहीबार श्रेष्ठले कम्प्युटरसहित झोला र शैक्षिक सामाग्री एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् ।
शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै श्रेष्ठले बालबालिकाको शैक्षिक स्तर सुधार भए मात्रै देशको विकास हुने बताउँदै बालबालिकालाई राज्यले उनीहरूको चाहना बमोजिम पठनपाठन गराए मात्रै देशले खोजे जस्तो जनशक्ति प्राप्त हुने बताए । उनले त्यस्तो जनशक्ति भएमामात्रै देशमा नै रोजगारको अवस्था सिर्जना हुने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण