दोलखाका विभिन्न विद्यालयमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग

दोलखा । दोलखाको विभिन्न विद्यालयहरूमा कम्प्युटरसहित शैक्षिक सामाग्री सहयोग गरिएको छ । कांग्रेस नेता तथा समाजसेवी एवम् स्कुल अफ डेमोक्रेसी दोलखाका अध्यक्ष प्रभुराम श्रेष्ठको नेतृत्वमा शैक्षिक सामाग्री सहयोग गरिएको हो ।
श्रेष्ठको नेतृत्वमा भीमेश्वर नगरपालिका ९ झाँक्रीचौरस्थित बुद्ध प्राथमिक विद्यालय, तामाकोशी गाउँपालिका– २ झुलेस्थित जनप्रभात मावि र मेलुङ गाउँपालिकामा ५ डाँडाखर्कस्थित डाँडाखर्क माविका विद्यार्थीहरूलाई झोला तथा कम्प्युटर हस्तान्तरण गरिएको हो ।
त्यस्तै दोलखाकै बुद्ध प्राविलाई कम्प्युटरसहित शैक्षिक सामाग्री र स्कुल ब्याग वितरण गरिएको छ । सो विद्यालयमा बिहीबार श्रेष्ठले कम्प्युटरसहित झोला र शैक्षिक सामाग्री एक कार्यक्रमका बिच हस्तान्तरण गरेका हुन् ।
शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै श्रेष्ठले बालबालिकाको शैक्षिक स्तर सुधार भए मात्रै देशको विकास हुने बताउँदै बालबालिकालाई राज्यले उनीहरूको चाहना बमोजिम पठनपाठन गराए मात्रै देशले खोजे जस्तो जनशक्ति प्राप्त हुने बताए । उनले त्यस्तो जनशक्ति भएमामात्रै देशमा नै रोजगारको अवस्था सिर्जना हुने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म