युरोपा लिगको क्वार्टरफाइनल समीकरण पूरा, को-को पुगे अन्तिम आठमा ?

काठमाडौं । युरोपा लिग फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बिहीबार राती एकै पल्ट क्वार्टरफाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।
स्पेनको एथ्लेटिक क्लब क्वार्टर फाइनलमा पुग्दा फ्रान्सको इटालीको एएस रोमा अभागी सिद्ध भएको छ । पहिलो लेग जितेको रोमा दोस्रो लेगमा ३–१ ले पछारिएपछि अवसर गुमाएको हो । एथ्लेटिक क्लब समग्रमा ४-३ ले अघि रहँदै क्वार्टरफाइलन पुग्यो ।
नेदरल्याण्ड्सको अजाक्सलाई ६-२ ले पछि पार्दै जर्मनीको आइन्ट्राच्ट फ्र्यान्कफर्टले अन्ति आठको यात्रा तय गरेको छ । चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनलाई स्टालीको लाजियों क्वार्टरफाइलन पुगेको छ भने ग्रीसको ओलम्पियाकोसलाई ४-२ ले पछि पार्दै नर्वेको बोडो ग्लिम्ट अन्तिम आठमा पुगेको छ ।
यस्तै, फ्रान्सको लियों पनि युरोपा लिगको अन्तिम आठमा पुगेको छ । दोस्रो लेगमा ४-० को स्पस्ट जित निकाल्दै समग्रमा ७–१ ले अघि रहेर लियों क्वार्टरफाइन पुगेको हो । उसले रोमानियाको एफसीएसबीलाई दुबै लेगमा हराएको हो ।
स्पेनको रियाल सोसिडाडलाई हराउँदै इंग्लिश क्लव म्यान्चेस्टर युनाइटेड अन्तिम आठमा पुग्दा स्कलल्याण्डको रेन्जर्सले पेनाल्टी सुटआउटमा बाजी मारेर क्वार्टरफाइनल पुग्यो । उसले उसले टर्कीको फेनरबेशलाई पेनाल्टी सुटआउटमा ३-२ ले पछि पार्दै अन्तिम आठको यात्रा तय गरेको हो ।
र, नेदरल्याण्डसको एजेड अल्कमारलाई ३-२ ले पछि पार्दै इंग्लिश क्लब टोटनह्याम हट्स्परसमेत युरोपा लिगको क्वार्टर फाइनलमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
तस्बिरमा हेर्नुहोस् पर्यटकका लागि आकर्षक गन्तव्य अन्नपूर्ण चक्रीय पदमार्ग
-
भारत र पाकिस्तानलाई प्रत्यक्ष वार्ता गर्न जी-सेभेन देशको आग्रह
-
लन्डनमा हुने नेपाली फिल्म महोत्सवको तयारी तीव्र, विश्वभरबाट ३९८ आवेदन प्राप्त
-
ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार