म्याथ्युजको अलराउन्ड प्रदर्शनसँगै मुम्बई फाइनलमा
मुम्बई । एलिमिनेटरमा गुजरात जायन्ट्सलाई पाखा लगाउँदै मुम्बई इन्डियन्स महिला प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । अब शनिबार हुने फाइनल खेलमा टोलीले दिल्ली क्यापिटल्सको सामना गर्नेछ ।
बिहीबार राति भएको खेलमा मुम्बई ४७ रनले विजयी बन्यो । मुम्बईले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य पछ्याएको गुजरातले १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।
गुजरातका लागि ड्यानियल गिब्सनले सर्वाधिक ३४ रनको इनिङ्स खेलिन् । फोबी लिचफिल्डले ३१ रन तथा भारती फूलमालीले ३० रन जोडे । खेलको अन्त्यतिर शिमरन शेखले १७ रन तथा तनुजा कँवरले १६ रन बनाइन् ।
मुम्बईका लागि खेलमा अलराउन्ड प्रदर्शन गरेकी हेली म्याथ्युजले ३.२ ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिइन् । अमेलिया करले २ विकेट तथा शबनम इस्माइल र नाट स्काइभर ब्रन्टले १–१ विकेट लिए ।
यसअघि, म्याथ्युज र ब्रन्टको अर्धशतकीय इनिङ्सको मद्दतले मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १३ रन जोडेको थियो । दुवै खेलाडीले समान ७७–७७ रन जोडे ।
कप्तान हरमनप्रित कौरले ३६ रन तथा ओपनर यास्तिका बाटियाले १५ रन बनाइन् । गुजरातका लागि ड्यानियल गिब्सनले २ विकेट तथा काश्वी गौतमले १ विकेट हात पारिन् ।
मुम्बई महिला प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको यो दोस्रो पटक हो । सन् २०२३ मा टोलीले दिल्लीलाई हराउँदै उपाधि जितेको थियो ।
दिल्ली भने लगातार तेस्रोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो । यसअघि दुईपटक टोली उपविजेतामा सीमित बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण