मधेसमा हर्षोल्लासका साथ होली मनाइयो
सिराहा । ‘बुरा नमानो होली हैं जोगिरा सररर...’ जस्ता सुमधुर होलीका गीतहरू अहिले सिराहा लगायत मधेसका विभिन्न स्थानहरूमा गुन्जिरहेका छन् ।
श्रीपञ्चमीबाट नै होलीको रौनक र जोगिरा खेल्ने क्रम सुरु हुने गरेकोमा यस वर्ष साता अगाडिदेखि मात्र रौनक सुरु भएको हो ।
मधेसका जिल्लाहरूमा होली पर्व आज मनाइँदै गर्दा पहाडका जिल्लाहरूमा भने बिहीबार नै मनाइयो । यद्यपि यस वर्ष मधेसका केही जिल्लाहरूमा तेस्रो दिन पनि मनाइँदै छ । मिथिला पञ्चाङ्ग अनुसार होली पर्व भोली अर्थात् शनिवार पनि रहेको उल्लेख छ । असत्य माथि सत्यको जितको उत्सवका रूपमा मनाइने होली पर्वमा जोगिरा सररको गीति भाकासँगै तराईवासीहरू सौहार्दपूर्ण रूपमा फागु खेलिरहेका छन् ।
होली आउना साथै तराई भेगमा युवादेखि बुढापाकासम्म होरिया गीत गाएर रमाउने गर्छन् । वर्षभरिको मनमुटाब होली पर्वमा रङ र अबिर लगाएसँगै समाप्त भई आपसी सद्भाव अझ प्रगाढ हुने विश्वाससहित यस पर्वलाई निकै महत्वका साथ मनाउने गरिन्छ । आफू भन्दा ठुलाबडालाई खुट्टामा अबिर हालेर ढोग्ने चलन पनि रहेको छ भने सानोलाई निधारमा अबिर वा रङ्ग लगाएर सद्भाव देखाउने चलन रहेको छ ।
पौराणिक कथन अनुसार विष्णुभक्त प्रह्लादलाई उनकै नास्तिक पिता हिरण्य कश्यपले जलाउन पठाउँदा बहिनी होलिका तथा द्वापर युगमा कृष्णलाई विषाक्त दूध चुसाएर मार्न गएकी पूतनाको उल्टै नाश भएको खुसीयालीमा होली पर्व मनाउन थालिएको हो ।
होली मनाउने नाममा जबरजस्ती रङ छ्याप्ने र लोला बर्साउने जस्ता विकृति देखिए पनि तराई भेगमा सामूहिक रूपमा प्रेमपूर्वक रङ र अबिर दलेर खुसी साट्ने परम्परा जीवितै छ । यस क्षेत्रमा मनाइने होली पर्वमा होरिया गीतले अझ उमङ्ग थप्ने काम गर्छ ।
होली पर्वलाई शुभ संकेतको रूपमा समेत मानिँदै आएकाले सिराहा बासीले मुलुकको तमाम समस्या हरण भई चौतर्फी समृद्धि छाओस् भन्ने कामना समेत गरेका छन् ।
होलीलाई दृष्टिगत गर्दै सिराहाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । होली पर्वको नाममा बढ्दै गएको विकृतिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी सुरक्षा योजनाअन्तर्गत ५ सय ५९ जना प्रहरी परिचालन गरिएको छ । प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण