‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक
काठमाडौँ । प्रकाश सपुतको निर्देशनमा डेव्यु फिल्म ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सपुत र अभिनेत्री स्वस्तिमा खड्का देखिएका छन् । सार्वजनिक पोस्टरमा कलेज जाँदै गरेका प्रकाश र स्वस्तिमा बाटोमा प्रेमील भावमा प्रस्तुत छन् ।
पोस्टर सार्वजनिक गर्दै सपुतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसरी प्रकृतिका विभिन्न रङ्गहरू समेटेर वसन्त ऋतु आएको छ । त्यसरी नै समाजका विभिन्न रङ्गहरू समेटेर फिल्म ‘वसन्त’ तयार भएको छ । ती रङ्गहरू मध्ये सबै भन्दा सुन्दर रङ हो प्रेमको रङ । ‘वसन्त’ एउटा सुन्दर प्रेमको रङले बनेको छ ।’
चैत्र २२ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने फिल्म प्रकाश र स्वस्तिमाको अलावा प्रभातपाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्छ । फिल्ममा मोहन विश्वकर्मा र बिन्दु बोहरा निर्माता, अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ कार्यकारी निर्माता हुन् । काठमाडौँ उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले फिल्मको वितरण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण