प्रचण्ड र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरे : ज्ञानेन्द्र शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भएको आरोप लगाएका छन् । उनले विदेशीको इसारामा प्रचण्ड र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको बताएका हुन् ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि २०५८ सालमा भएको दरबार हत्याकाण्डको मास्टरमाइन्ड भएको तथा मूर्ति चोर भएको गम्भीर आरोप लगाएका थिए ।
भड्किला झूटा भाषण गर्दै हिँड्यौ भने नेपाली जनताले तपाईँलाई माफी नदिने बताउँदै उनले प्रचण्डलाई विदेशीको गुलाम नबनेर अब देशका लागि नवीनतम सम्झौतामा आउन आग्रह समेत गरेका छन् ।
फेसबुकमार्फत यस्तो छ शाहीको जवाफ :
प्रचण्डजी २०५२ सालमा राजा वीरेन्द्रका विरुद्धमा हतियार कसले उठायो तपाईँले उठायो? षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा कसलाई भो तपाईं लाई भयो ? जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्यो तपाईँले प्राप्त गर्नु भयो ? राजसंस्थालाई नै फाल्नुपर्छ भनेर विदेशबाट M16, Ak 47, LMG, SmG, SLR जस्ता आधुनिक हतियार कसले लियो तपाईँले लिनुभयो ?
मोबाइल फोन नभएको समयमा स्याटालाईट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो ? तपाईँलाई। भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्यो तपाईँले मार्यो ? निहत्था नागरिकलाई बाटो बाटोमा बम थाप्दै कसले हत्या गर्यो? तपाईँले गर्यो ।
विदेशीको इशारामा मन्दिरका, गुम्बाका पुजारी, लामालाई कसले घाँटी रेट्यो ? तपाईँले रेट्यो । ३३ किलो सुन तस्कर कसले गर्यो ? तपाईँले गर्यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्यो ? तपाईँले गर्यो । सिधा भाषामा भन्दा विदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्यौ।
तर यस्तै भड्किला झूटा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईँलाई माफी दिने छैनन्। त्यसैले भन्छु नवीनतम सम्झौतामा आउनुस् विदेशीको गुलाम जति गर्नुभयो गरिसक्नु भो अब देशका लागि केही काम गर्नुस्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण