त्रिवि प्रिन्सिपल कार्यालयको तालाबन्दी खोल्न होटलमा छलफल
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय प्रिन्सिपल कार्यालयमा लगाइएको तालाबन्दी खोल्ने विषयमा छलफल गर्न उपकुलपतिसहितका पदाधिकारी छलफलमा जुटेका छन् । स्वयम्भूमा रहेको होटल बज्रमा उपकुलपति प्राडा केशरजंग बराल, रेक्टर प्राडा खड्क केसी, रजिष्ट्रार प्राडा केदार रिजाल लगायतका अधिकारीहरू तालाबन्दी खोल्ने विषयमा छलफल गर्न लागेका हुन् ।
स्ववियु निर्वाचनको विषयलाई लिएर नेविसंघ त्रिवि सभापति विष्णु बडैलासहितको समूहले प्रिन्सिपल कार्यालयमा तालाबन्दी गरेको थियो । उक्त तालाबन्दी खुलाउने विषयमा पदाधिकारीसहित छलफलमा जुटेका हुन् ।
बेलुका ५ बजे छलफल गर्ने भनेर सभापति बडैलासहितका नेताहरूलाई बोलाएको थियो । तर, उपकुलपतिसहितका अधिकारीहरू भित्र छलफल गरिरेहेको तर, आफूहरूलाई बाहिरै राखिएको बडैलाले जानकारी दिए ।
‘तालाबन्दी खोल्ने विषयमा छलफल गर्न भनेर पाँच बजे बोलाएको थियो । त्यसपछि हामी १५ जना जति साथीहरू आयौँ । तर, हामीलाई भित्र जान दिएको छ । डिएसपीको कमान्डमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । हामीलाई बाहिरै राखेर उनीहरू छलफल गरिरहेका छन्,’ बडैलाले भने ।
यसअघि कीर्तिपुर प्रहरी वृत्तमा छलफल राखिएको थियो । उक्त छलफलको क्रममा विद्यार्थीहरूले तालाबन्दी खोलेको खण्डमा हात काटिदिने धम्की दिएका थिए । त्यसपछि मुख्य निर्वाचन अधिकृत, प्रिन्सिपल कार्यालयका अधिकारीहरूले कुनै निर्णय गर्न नसकेको त्रिवि प्रिन्सिपल कार्यालय स्रोतले जनाएको छ ।
त्यसपछि अहिले महँगो होटलमा बसेर पदाधिकारीहरू छलफल गरिरहेका हुन् । अत्यधिक मात्रामा सुरक्षाकर्मी परिचालन गरेर पदाधिकारी मात्रै छलफल गरिरहेका उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण