‘चलचित्र उत्सव’ मा ‘बसाइँ’ को विशेष प्रदर्शन

काठमाडौँ । लिलबहादुर क्षेत्रीको चर्चित नेपाली उपन्यास ‘बसाइँ’ मा आधारित फिल्म ‘बसाइँ’ को विशेष प्रदर्शन गरिएको छ । शुक्रबार राजधानीमा आयोजित ‘चलचित्र उत्सव’ कार्यक्रममा फिल्मको प्रदर्शन गरिएको हो । नेपाली समाजको ऐतिहासिक बसाइँसराइको कथा बोकेको फिल्मले दर्शकमाझ गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ ।
नेपाल पर्यटन बोर्डमा आयोजित ‘चलचित्र उत्सव ’ कार्यक्रममा ‘चलचित्रमा भाषा’ सम्बन्धि अन्तक्र्रिया आयोजना भएको थियो । जसमा बरिष्ठ कलाकार हरिहर शर्मा, डा.रमेश भट्टराई र डा. बिन्दु शर्माले आफ्नो धारणा राखेका थिए ।
चलचित्र विकास बोर्डको संयोजन रहेको कार्यक्रममा ‘हिमवत्खण्ड कला–साहित्य–सांस्कृति सम्मेलन’ पनि आयोजना भएको थियो । जुन तीन दिनसम्म चल्नेछ । जसमा नेपालसहित भारत, चीन, बंगलादेश, म्यानमार, भुटान र थाइल्यान्डका प्रतिनिधिहरूले भाग लिनेछन् ।
कार्यक्रमलाई हिमवत्खण्ड क्षेत्रका भाषा, संस्कृति, सभ्यता तथा परम्परालाई आत्मसात् गर्दै विभिन्न जातजाति र समुदायबीच सांस्कृतिक आदान–प्रदानको अवसर गर्ने उद्देश्यका साथ मदन भण्डारी कला–साहित्य प्रतिष्ठानले आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक
-
राउटे मुखिया शाहीको मृत्यु
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल
-
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान
-
दिगो विकास लक्ष्य कार्यान्वयनका लागि असल अभ्याससँगै सुशासनमा ध्यान दिनुपर्नेमा जोड