जनकपुरधाममा उल्लासका साथ मनाइयो होली

धनुषा । जनकपुरधाममा उल्लासपूर्ण रुपमा होली मनाइएको छ । स्थानीयवासीहरूले एकअर्कालाई रङ लगाएर र खुशी साटासाट गरेर होली मनाएका हुन् । होलीका अवसरमा मानिसहरूले विविध रङहरू एकअर्कामाथि हालेर पर्वलाई रमाइलोका साथ मनाउने गरिन्छ ।
यो पर्व धार्मिक सीमाभन्दा पर गइ उत्साह र सद्भावको रूपमा मनाइन्छ । नेपालीहरू, चाहे जुनसुकै धर्म वा समुदायका हुन्, होलीको अवसरमा एउटै आँगनमा भेला भएर उल्लासपूर्वक रमाउँछन् ।
तराईका अन्य जिल्लाहरूमा होली (हिजो) शुक्रवार नै सम्पन्न भएपनि जनकपुरधाममा भने एक दिन ढिलोगरी मनाइन्छ । यसको मुख्य कारण मिथिला परिक्रमा उत्सव हो । जसका कारण यहाँ परम्परागत रूपमा एक दिनपछि होली मनाउने चलन रहेको छ । नगरका विभिन्न स्थानहरूमा मटकाफोर, जोगिरा गायन जस्ता परम्परागत होली कार्यक्रमहरू आयोजना गरिएका छन्।
विशेष रूपमा मनाइने जनकपुरधामको होली हेर्न देश–विदेशका पर्यटकहरू पनि ठूलो संख्यामा आउने गर्दछन् । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्रका शत्रु हुन् : मन्त्री गुरुङ
-
निर्देशक खनाललाई प्रश्न–साहित्यकारका कथालाई पर्दामा ल्याउन के–कस्ता चुनौती रहेछन् ?
-
दुर्गा प्रसाईंले साढे २७ करोड ‘राउण्ड ट्रिपिङ्ग’ गराए, ७ अर्ब २५ करोड ऋण
-
कक्षा १२ को परीक्षा दिँदै ६८ वर्षीय लालबहादुर
-
श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई आक्रमण भयो : कर्नेल सोफिया कुरेशी
-
तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै