जनकपुरधाममा उल्लासका साथ मनाइयो होली
धनुषा । जनकपुरधाममा उल्लासपूर्ण रुपमा होली मनाइएको छ । स्थानीयवासीहरूले एकअर्कालाई रङ लगाएर र खुशी साटासाट गरेर होली मनाएका हुन् । होलीका अवसरमा मानिसहरूले विविध रङहरू एकअर्कामाथि हालेर पर्वलाई रमाइलोका साथ मनाउने गरिन्छ ।
यो पर्व धार्मिक सीमाभन्दा पर गइ उत्साह र सद्भावको रूपमा मनाइन्छ । नेपालीहरू, चाहे जुनसुकै धर्म वा समुदायका हुन्, होलीको अवसरमा एउटै आँगनमा भेला भएर उल्लासपूर्वक रमाउँछन् ।
तराईका अन्य जिल्लाहरूमा होली (हिजो) शुक्रवार नै सम्पन्न भएपनि जनकपुरधाममा भने एक दिन ढिलोगरी मनाइन्छ । यसको मुख्य कारण मिथिला परिक्रमा उत्सव हो । जसका कारण यहाँ परम्परागत रूपमा एक दिनपछि होली मनाउने चलन रहेको छ । नगरका विभिन्न स्थानहरूमा मटकाफोर, जोगिरा गायन जस्ता परम्परागत होली कार्यक्रमहरू आयोजना गरिएका छन्।
विशेष रूपमा मनाइने जनकपुरधामको होली हेर्न देश–विदेशका पर्यटकहरू पनि ठूलो संख्यामा आउने गर्दछन् । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण