गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको छ: दाहाल
आइतबार, ०३ चैत २०८१, १२ : २९
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका छन् ।
आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले अहिले सडक भन्दा पनि सरकारमा समस्या देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्नका लागि गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका हुन् ।
यसका लागि प्रारम्भिक छलफल समेत सुरु भइसकेको उनले दाबी गरे । उनले दाहालले गणतन्त्र पक्षधरको सरकार बनाउने प्रक्रियामा एमाले भन्दा कांग्रेससंग बढी छलफल हुने जिकिर गरे । सांसद दाहालले अबको सहकार्य गणतन्त्र विरोधीसँग नहुने र गणतन्त्र पक्षधर एकठाउँमा उभिएर सहकार्य हुने धारणा राखे ।
उनले वर्तमान सरकारका कारण निराशा पैदा भएकाले प्रतिगामीलाई फाइदा पुगेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण