२१.६३ अंकले घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट
काठमाडौँ । सेयर बजार परसिूचक (नेप्से) आज २१.६३ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक घटेर २७१४.८५ विन्दुमा ओर्लिएको हो ।
आज बजारमा ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन ७ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज बजारमा ३१ कम्पनीको मूल्य बढेको छ । २०७ कम्पनीको मूल्य घटेको छ भने बाँकी ६ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा सामुदायिक लघुवित्तको शेयर ८ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक र पिपुल्स हाइड्रोपावर सेयरमूल्य सबैभन्दा धेरैले घटेको छ ।
बजारमा आज अन्य ट्रेडिङ परिसूचकमा उच्च सुधार हुँदा अरू सबै समूहको सूचक घटेको छ । विकास बैंक समूहमा सबैभन्दा धेरै २.२५ प्रतिशतको गिरावट देखिएको छ ।
कारोबार रकम, कारोबार भएको शेयर संख्या र कारोबार संख्याका आधारमा क्रमशः हिमालय रिइन्स्योरेन्स कम्पनी, घलेम्दी हाइड्रो र गार्डियन लाइफ इन्स्योरेन्स अगाडि रहेका छन् । हिमालयन रिइन्स्योरेन्सको शेयर आज ५८ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण