प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू
काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राप्रपाका नेता निराजन बमलाई छुटाउन माओवादी केन्द्रका नेताहरू जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेका छन् ।
कसैले आलोचना गर्दैमा पक्राउ गर्नु ठिक नभएको निष्कर्षका साथ माओवादीका नेताहरू उनलाई रिहा गरिदिन आग्रहसहित प्रहरी कार्यालय पुगेका हुन् ।
माओवादीका मकवानपुर जिल्लाका इन्चार्ज विजय गौतमसहित नेताहरू बमलाई छोडिदिन आग्रहसहित जिल्ला प्रहरी कार्यालय पुगेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले रातोपाटीलाई बताए । यस्तै प्रचण्डले सामाजिक सञ्जाल फेसबुकबाट लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने भन्दै सोही आधारमा पक्राउ गर्नु उचित नहुने प्रतिक्रिया दिएका थिए ।
तर, पनि बम यो समाचार तयार पार्दासम्म रिहा भएका छैनन् ।
शनिबार हेटौँडामा भएको पार्टीको कार्यक्रममा बमले गणतन्त्रको विरोध गर्दै प्रचण्डको फोटो जलाएका थिए । फोटो जलाएको आरोपमा प्रहरीले उनलाई आइतबार मकवानपुरबाटै पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण