नालामा एक युवक मृत फेला
आइतबार, ०३ चैत २०८१, २० : ३५
धनगढी । कैलालीमा नालामा एक युवक मृत फेला परेका छन् । आइतबार बिहान ९ बजे लम्कीचुहा नगरपालिका–१० चिनी मिल नजिकै रहेको खोलामा अन्दाजी २९ वर्षका युवक मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराका अनुसार लम्कीचुहा नगरपालिका –१० का २९ वर्षका अजय स्वर्णकार मृत फेला परेका हुन्।
उनी फागुन २८ गतेबाट घरबाट हराएका थिए। परिवारले उनको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय लम्कीमा खोजी कार्यका लागि हुलिया परिपत्र दिएका थिए। उनको खोजी कार्य गर्दै गर्दा आइतबार बिहान उनको शव फेला परेको हो।
उनको शव पोस्टमार्टमका लागि टिकापुर अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण