त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेज, जोशीको सदर
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघको तर्फबाटका उम्मेदवार दीपकराज जोशीले आधिकारिकता पाएका छन् । त्योसँगै अर्का उम्मेदवार अनोज कार्कीको उम्मेदवारी खारेज भएको छ ।
नेविसंघका दुई वटा समूहबिचको आधिकारिकता विवाद समाधान भएको छ। योसँगै केन्द्रीय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुने भएको छ। चैत ५ गतेका लागि तोकिएको निर्वाचन सरेर ८ गतेका लागि तय भएको हो।
नेविसंघको तर्फबाट कार्की र जोशीको समूहबाट उम्मेदवारी परेको थियो । निर्वाचन समितिले नेविसंघका अध्यक्षको सिफारिस, निर्वाचन निर्देशिका, आचारसंहिता, उपकुलपति, रेक्टर रजिस्ट्रार र कानुनी सल्लाहकारको राय सुझावपछि जोशीको उम्मेदवारी सदर गरिएको निर्वाचन समितिले जनाएको छ।
स्ववियु निर्देशिकामा उम्मेदवारीको आधिकारितामा विवाद देखिएको खण्डमा सम्बन्धित सङ्गठनको सभापति वा अध्यक्षले निर्णय आधिकारिक हुने व्यवस्था छ। नेविसंघ त्रिवि समिति सभापति विष्णु बडैलाको तर्फबाट कार्कीको उम्मेदवारी परेको थियो। भने जोशीले केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको तर्फबाट उम्मेदवारी दिएका थिए।
एउटै सङ्गठनबाट दुई समूहको उम्मेदवारी परेको निर्वाचन समितिले आधिकारिकताबारे नेविसंघ केन्द्रीय कार्यालयलाई पत्राचार गरेको थियो । सोही आधारमा केन्द्रले जोशी नै आधिकारिक उम्मेदवार भएको जनाएको थियो। त्यसलगत्तै बडैला समूहले त्रिवि केन्द्रीय क्याम्पसमा ताला लगाएको थियो।
नेविसंघ विवाद उत्कर्षमा पुगेपछि नेविसंघकै विद्यार्थी नेताहरूले भौतिक आक्रमणसम्मको धम्की दिएका थिए । धम्कीका कारण निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गर्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण