त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेज, जोशीको सदर

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघको तर्फबाटका उम्मेदवार दीपकराज जोशीले आधिकारिकता पाएका छन् । त्योसँगै अर्का उम्मेदवार अनोज कार्कीको उम्मेदवारी खारेज भएको छ ।
नेविसंघका दुई वटा समूहबिचको आधिकारिकता विवाद समाधान भएको छ। योसँगै केन्द्रीय क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुने भएको छ। चैत ५ गतेका लागि तोकिएको निर्वाचन सरेर ८ गतेका लागि तय भएको हो।
नेविसंघको तर्फबाट कार्की र जोशीको समूहबाट उम्मेदवारी परेको थियो । निर्वाचन समितिले नेविसंघका अध्यक्षको सिफारिस, निर्वाचन निर्देशिका, आचारसंहिता, उपकुलपति, रेक्टर रजिस्ट्रार र कानुनी सल्लाहकारको राय सुझावपछि जोशीको उम्मेदवारी सदर गरिएको निर्वाचन समितिले जनाएको छ।
स्ववियु निर्देशिकामा उम्मेदवारीको आधिकारितामा विवाद देखिएको खण्डमा सम्बन्धित सङ्गठनको सभापति वा अध्यक्षले निर्णय आधिकारिक हुने व्यवस्था छ। नेविसंघ त्रिवि समिति सभापति विष्णु बडैलाको तर्फबाट कार्कीको उम्मेदवारी परेको थियो। भने जोशीले केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको तर्फबाट उम्मेदवारी दिएका थिए।
एउटै सङ्गठनबाट दुई समूहको उम्मेदवारी परेको निर्वाचन समितिले आधिकारिकताबारे नेविसंघ केन्द्रीय कार्यालयलाई पत्राचार गरेको थियो । सोही आधारमा केन्द्रले जोशी नै आधिकारिक उम्मेदवार भएको जनाएको थियो। त्यसलगत्तै बडैला समूहले त्रिवि केन्द्रीय क्याम्पसमा ताला लगाएको थियो।
नेविसंघ विवाद उत्कर्षमा पुगेपछि नेविसंघकै विद्यार्थी नेताहरूले भौतिक आक्रमणसम्मको धम्की दिएका थिए । धम्कीका कारण निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गर्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मधुबालाको दुखद कथा
-
कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन : विवादित स्थलमा सुरक्षा घेरामा काम गरिँदै (तस्बिरहरू)
-
राष्ट्रसङ्घीय प्रमुख र इरानी विदेशमन्त्रीबिच छलफल
-
अतृप्ति
-
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाई द बुक’ विमोचन
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची