काठमाडौँ महानगरपालिकाका कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतबार (चैत ३) देखि कर्मचारीहरुका लागि नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम सुरु गरेको छ । सम्पदा तथा पर्यटन विभागले सांस्कृतिक महानगर कार्यक्रमअन्तर्गत सुरु गरेको तालिम हरेक दिन अपरान्ह ४ बजेदेखि केन्द्रीय कार्यालयमा रहेको कार्यपालिका बैठक कक्षमा हुनेछ ।
तालिम सुरु गर्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, भाषालाई घरमा प्रयोग गरिएन भने समाजबाट हराउने बताउँदै महानगरपालिकाले आफ्नो घर (कार्यालय) मा यसको प्रयोग गरेपछि समुदायमा पनि भाषाको प्रभाव बढ्दै जाने धारणा राखे । महानगरपालिकासँगै स्थानीयबासीले घरमा पनि नेपाल भाषाको प्रयोगलाई बढाउनु पर्नेमा उनको जोड थियो ।
लिपि लेखन मात्र नभइ महानगरपालिकाको पहिचान भएकोले यसलाई सम्पदा तथा पर्यटन विभागले कार्यान्वयनमा ल्याएको विभागका प्रमुख कुमारी राईले जानकारी दिइन् । ‘हरेक विभागका २ जना अनिवार्य हुने गरी अहिलेका लागि लेख्य सिपसँग सम्बन्धित विषयमा तालिम सञ्चालन गरिएको छ । यसपछि कथ्य सिप विकासको तालिमलाई निरन्तरता दिइनेछ ।’ राईले योजना सुनाइन् ।
तालिममा नेपाल लिपि, रञ्जना लिपि, अङ्क, लिपि लेखन सिप (क्यालिग्राफी) र हस्तलिखित दस्तावेज अध्ययन गर्न सिकाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण