काठमाडौँ महानगरपालिकाका कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतबार (चैत ३) देखि कर्मचारीहरुका लागि नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम सुरु गरेको छ । सम्पदा तथा पर्यटन विभागले सांस्कृतिक महानगर कार्यक्रमअन्तर्गत सुरु गरेको तालिम हरेक दिन अपरान्ह ४ बजेदेखि केन्द्रीय कार्यालयमा रहेको कार्यपालिका बैठक कक्षमा हुनेछ ।
तालिम सुरु गर्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, भाषालाई घरमा प्रयोग गरिएन भने समाजबाट हराउने बताउँदै महानगरपालिकाले आफ्नो घर (कार्यालय) मा यसको प्रयोग गरेपछि समुदायमा पनि भाषाको प्रभाव बढ्दै जाने धारणा राखे । महानगरपालिकासँगै स्थानीयबासीले घरमा पनि नेपाल भाषाको प्रयोगलाई बढाउनु पर्नेमा उनको जोड थियो ।
लिपि लेखन मात्र नभइ महानगरपालिकाको पहिचान भएकोले यसलाई सम्पदा तथा पर्यटन विभागले कार्यान्वयनमा ल्याएको विभागका प्रमुख कुमारी राईले जानकारी दिइन् । ‘हरेक विभागका २ जना अनिवार्य हुने गरी अहिलेका लागि लेख्य सिपसँग सम्बन्धित विषयमा तालिम सञ्चालन गरिएको छ । यसपछि कथ्य सिप विकासको तालिमलाई निरन्तरता दिइनेछ ।’ राईले योजना सुनाइन् ।
तालिममा नेपाल लिपि, रञ्जना लिपि, अङ्क, लिपि लेखन सिप (क्यालिग्राफी) र हस्तलिखित दस्तावेज अध्ययन गर्न सिकाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला
-
क्रिकेटका हिरो इमरान खानको उत्थानदेखि पतनसम्मको यात्रा
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड