अमेरिकामा ग्रिन कार्डधारीमाथि दुर्व्यवहार, विमानस्थलमा नङ्ग्याएर खानतलासी
वासिङ्टन डीसी । अमेरिकामा एक ग्रिनकार्डधारी जर्मन नागरिकमाथि अध्यागमन अधिकारीहरूले दुर्व्यवहार गरेका छन् । सञ्चारमाध्यमहरूमा छापिएको खबरका अनुसार ३४ वर्षीय जर्मन नागरिक फेबियन श्मिटलाई मार्च ७ मा म्यासाचुसेट्सको लोगान विमानस्थलमा अध्यागमन अधिकारीहरूले पक्राउ गरेका थिए ।
न्युजविकका अनुसार किशोरावस्थादेखि अमेरिकामा रहँदै श्मिट हाल न्यु ह्याम्पशायरमा बस्दै आएका थिए । उनी लक्जमबर्ग गएर अमेरिका फर्किरहेका थिए । विमानस्थलमा अध्यागमनका अधिकारीहरूले श्मिटलाई समाते अनि नाङ्गै पारेर डोनाल्ड डब्ल्यू. व्याट डिटेन्सन सेन्टरमा पठाउनुअघि उनीसँग हिंस्रक सोधपुछ गरिएको थियो ।
श्मिटलाई पक्राउ गर्नुको कारण थाहा नभएको दाबी उनको परिवारले गरेको छ । उनको ग्रिन कार्ड हालसालै नवीकरण गरिएको थियो र उनीविरुद्ध कुनै पनि अदालती मुद्दा विचाराधीन नभएको परिवारको भनाइ थियो ।
श्मिटको पार्टनर उनलाई लिन विमानस्थलमा आएका थिए । श्मिटलाई उनले चार घण्टा पर्खे । उनी बाहिर नआएपछि अधिकारीहरूलाई सम्पर्क गरे । श्मिटको परिवारले उनलाई हिरासतमा राख्नुको जवाफ खोजिरहेको छ । उनको रिहाइ सुनिश्चित गर्न काम पनि भइरहेको छ ।
छोराको ग्रिन कार्डलाई ‘फ्ल्याग’ गरिदिएको मात्रै बताइएको श्मिटकी आमाले भनिन् । छोरालाई जबरजस्ती नाङ्गो पारेर चिसो पानी खन्याइएको पनि उनले बताइन् । ग्रिनकार्ड हराएपछि २०२३ मा श्मिटले कार्डको प्रतिलिपि लिएका थिए ।
सङ्घीय गोपनीयता नियमहरूको कारणले गर्दा अमेरिकी भन्सार तथा सीमा सुरक्षा विशेष केसहरूको बारेमा विवरणहरू खुलासा नगरिएको अध्यागमनका अधिकारीहरूले बताएका छन् । श्मिटको गिरफ्तारी पछि मानिसहरूमा व्यापक आक्रोश देखिएको छ ।
ट्रम्प प्रशासनको कठोर आप्रवासन नीतिप्रति मानिसहरू चिन्तित हुन थालेका छन् । पछिल्लो समय अमेरिकामा बस्न वैध अनुमति पाएका विदेशीहरू पक्राउ पर्ने क्रम बढेको छ । यही शृङ्खलामा यो अर्को घटना मात्रै हो । यी घटनाहरूले अध्यागमन कानुनको सम्भावित दुरुपयोगबारे बहस सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण