सञ्जीवनीले गाइन् ‘माइतीघर’को गीत
काठमाडौँ । फिल्म ‘माइतीघर’को शीर्ष गीत रेकर्ड गरिएको छ । भारतीय गायिका सञ्जीवनीको स्वरमा गीत मुम्बईमै रेकर्ड गरिएको हो ।
यसको जानकारी फिल्म निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालबाट दिएका छन् ।अहिले रेकर्ड गरिएको गीत पहिल्यै निर्माण भएको फिल्म ‘माइतीघर’कै ‘वसन्त नै बस्न खोज्छ यहाँ...’ को नयाँ संस्करण भनिएको छ ।
यसअघि यो गीत बलिउडकी प्रख्यात गायिका आशा भोसलेले गाएकी थिइन् । गीतमा संगीत जयदेव र शब्द किरण खरेलकै यथावत् छ ।
आइतबार मुम्बईस्थित नीरञ्जन स्टुडियोमा गीत रेकर्ड गरिएको हो । सञ्जीवनीले थुप्रै नेपाली गीत गाएकी छन् । उही मिठासका साथ नयाँ गीत बनेको अधिकारी अधिकारी बताउँछन् ।
फिल्ममा योसहित ४ गीत समावेश हुनेछन् । एसडी योगी, एलिस कार्की र चन्द्र दोङ संगीतकार रहेका छन् ।
फिल्म वैशाख ७ देखि छायांकनमा जाने बताइएको छ । शैलुङ, काभ्रे र काठमाडौँमा फिल्म खिचिने फिल्मको निर्देशन मिलन तामाङले गर्न लागेका हुन् । फिल्ममा प्रकाश सपुत, केदार घिमिरे ‘माग्ने बुढा’, धीरज मगर, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, शिशिर वाङ्देल, बुद्धि तामाङ, सन्तोष शाही, माओत्से गुरुङलगायतको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण