अस्ट्रेलियामा अत्यधिक गर्मीका कारण स्टेडियममै क्रिकेट खेलाडीको निधन
काठमाडौँ । अस्ट्रेलियामा खेलिएको क्लब क्रिकेटका क्रममा अत्यधिक गर्मीका कारण एक खेलाडीको मृत्यु भएको छ । दक्षिण अस्ट्रेलियामा खेलिएको क्लब प्रतियोगिताका क्रममा ती खेलाडीको निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
खेलका क्रममा ती खेलाडी अत्यधिक गर्मीका कारण क्रिजमै ढलेका थिए । उनलाई तत्कालै उपचारका लागि एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको थियो । तर, अस्पतालमा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए ।
मृत्यु हुने ती खेलाडीको नाम जुनैद जफर भएको बताइएको छ । उनी पाकिस्तानी मूलका हुन् । समाचारमा जनाइए अनुसार, उनी रोजगारीको सिलसिलामा अस्ट्रेलिया पुगेका थिए । उक्त खेल एडिलेडमा खेलिएको थियो ।
त्यतिबेला एडिलेडको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी रहेको बताइएको छ । अत्यधिक गर्मीका कारण अचेत भएर मैदानमा ढल्नुअघि ४० वर्षीय जुनैद जफरले ३७ बलमा १६ रन बनाउँदै क्रिजमा थिए । त्यसअघि जुनैद जफरले ४० ओभरसम्म फिल्डिङ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण