सबै पार्टीले केन्द्रीकृत मानसिकता नत्यागेसम्म संघीयता कार्यान्वयन हुन सक्दैन : निधि
काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले केन्द्रीकृत मानसिकता हावी हुँदा संघीयता कार्यान्वयन नभएको जिकिर गरेका छन् । सोमबार केन्द्रीय कार्यालय सानेपामा संघीयता कार्यान्वयनसम्बन्धी कार्यक्रममा बोल्दै नेता तथा शासकको केन्द्रित सोच बदल्न आवश्यक रहेको उनले बताएका हुन् ।
‘केन्द्रीकृत मानसिकता अझै पनि छ हाम्रो । कांग्रेसमा मात्र होइन सबै पार्टीमा छ । समाज, विज्ञ, नागरिक अगुवामा पनि छ । संविधानमा संघीय प्रणाली उल्लेख छ तर सबै कुरा बालुवाटारबाट हुनुपर्छ । सिंहदरबारबाट नै हुनुपर्छ । बूढानीलकण्ठबाट हुनुपर्छ, सानेपाबाट नै हुनुपर्छ भन्ने मानसिकता छ । तलबाट हुनुपर्छ भनेर सोचै जाँदैन । त्यसकारण नेपाली कांग्रेसले ऐन, कानुन वा संविधान संशोधन गरेर भएपनि संघीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ,’ निधिले भने ।
संघीयताका लागि सबै प्रदेशको आ–आफ्नै प्रहरी संगठन हुन नसक्दा समस्या आएको उनको भनाइ छ । कांग्रेसको भूमिका संघीयता कार्यान्वयनकै लागि हुनुपर्नेमा आफूले पटक पटक भन्दै आएको भए पनि सुनुवाइ नभएको उनले गुनासो पोखे ।
‘सातै प्रदेशमा आफ्नै प्रहरी संगठन छैन । प्रशासकीय अधिकृत जानै चाहँदैनन् । संघीयता कार्यान्वयनमा केन्द्रीय मानसिकता हाबी छ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण