राप्रपा नेता नवराज सुवेदीकाे संयोजनमा 'तेस्रो जनआन्दोलन'को घोषणा (पत्रसहित)
काठमाडौँ । राष्ट्रिय पञ्चायत पूर्वअध्यक्ष एवम् राप्रपाका नेता नवराज सुवेदीको संयोजकत्वमा ‘तेस्रो जनआन्दोलन’ को घोषणा गरिएको छ ।
राजसंस्था पुनः स्थापनाका लागि ठुला दलहरू ‘नवीन समझदारी’ का लागि तयार हुनुपर्ने निष्कर्षका साथ ‘तेस्रो जनआन्दोलन’ को घोषणा गरिएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए ।
उनका अनुसार त्यसका लागि ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बनाइएको छ । जस मातहतको निर्देशक समिति सदस्यमा संयोजक सुवेदीसहितअस्मिता भण्डारी, अध्यक्ष कमल थापा, केशरबहादुर विष्ट, दुर्गा प्रसाईँ, पशुपति शमशेर जबरा, डा प्रकाशचन्द्र लोहनी, रमा सिंह, राजेन्द्र लिङ्देन, रवीन्द्र मिश्र र हरिबहादुर बस्नेत छन् । जसमध्ये मिश्रलाई सदस्य सचिवको जिम्मेवारी समेत दिइएको छ ।
समितिले सोमबार राजधानीमा कार्यक्रम गरेर चैत दोस्रो सातादेखि आन्दोलन सुरु गरेको बताएको छ । यद्यपि समितिमा रहेका राजेन्द्र लिङ्देनलगायतले आफूहरूसँग सल्लाह नगरी समिति बनाइएको भन्दै असन्तुष्टि पोखेका छन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण