फिल्म ‘११ः५५’लाई एडल्ट सर्टिफिकेट, १६ वर्षभन्दा कम उमेकाले हेर्न नपाउने
काठमाडौंँ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो ‘११ः५५’ ।
फिल्मले केन्द्रीय चलचित्र जाच समिति (सेन्सर बोर्ड)बाट ‘एडल्ट’ सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेटसँगै फिल्म १६ वर्ष मुनिकाले हेर्नै पाउने छैनन् । फिल्मले विनाकाँटछाट ‘एडल्ट’ सर्टिफिकेट पाएको हो ।
आइतबार साँझ भएको सेन्सरमा फिल्मलाई उक्त सर्टिफिकेट दिइएको छ । फिल्म २ घण्टा १७ मिनेट २३ सेकेन्ड छ ।
‘मर्डर मिस्ट्री’को कथामा निर्माण भएको फिल्मलाई केशव पाण्डेयले निर्देशन गरेका हुन् । उनी स्वयंको कथा रहेको फिल्ममा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, सागर खनाल, बुद्धि तामाङ, विशाल पहारी, एमएस अग्रज लगायतको अभिनय छ । महेश र सृष्टि श्रीमान्-श्रीमतीको भूमिकामा छन् ।
फिल्म निर्देशक पाण्डेयसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ । श्याम शर्मा र सरोजा शर्मा निर्मातामा छन् । कार्यकारी निर्माता भने एमएस अगराज हुन् ।
मध्यरातको ११ः५५ बजे भएको एक ‘मर्डर’को वरिपरि फिल्मको कथा घुमेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको प्रस्तावना खलबल्याउने देखेपछि कार्यदलबाट बाहिरिए चार दल
-
रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
-
किसानलाई अनुदानमा कृषि उपकरण
-
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण