नेपाली र अमेरिकी सेनाको आयोजनामा संयुक्त अभ्यास सुरु
काठमाडौँ । विपद् व्यवस्थापन सम्बन्धी परिदृश्यमा आधारित रही सोमबारदेखि काठमाडौँमा मल्टिनेसनल प्लानिङ अगुमेन्टेसन टिम टेम्पटेस्ट एक्सप्रेस अभ्यास सुरु भएको छ ।
विपद् व्यवस्थापन सम्बन्धी सैनिक, गैर सैनिक तथा अन्य विभिन्न निकायबिच सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरूको आदान प्रदानबाट भविष्यमा प्रभावकारी रूपमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखी सञ्चालन गरिएको उक्त अभ्यास चैत १४ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ ।
नेपाली सेना तथा अमेरिकी इन्डोपाकमको संयुक्त आयोजनामा सञ्चालन भएको अभ्यासमा नेपालबाट नेपाली सेनाका २५ सहित अन्य सुरक्षा निकाय, नेपाल सरकार सम्बद्ध सरकारी तथा गैर सरकारी निकायहरूका ५८ जना र विभिन्न १५ देशका ३७ गरी कुल ९५ जनाको सहभागिता रहेको छ ।
कार्यक्रममा नेपालका लागि अमेरिकाका महामहिम राजदूत डीन आर थम्पसन, बलाध्यक्ष रथी प्रदीप जङ्ग के.सी., रथी, नेपाल सरकार सम्बद्ध विभिन्न सरकारी एवम् गैर सरकारी निकाय तथा विदेशी संघ संस्थाहरूका उच्चस्तरका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण