गाैतमबुद्ध विमानस्थलमा साढे ७ किलो गाँजासहित एक भारतीय महिला पक्राउ
बुटवल । भैरहवास्थित गाैतमबुद्ध विमानस्थल साँढे सात किलो गाँजा सहित एक भारतीय महिला पक्राउ परेकी छन्। प्रहरीका अनुसार भारतको महाराष्ट्र मुम्बई ठेगाना लेखाएकी ४५ वर्षीया गुलनाज बैग नामकी ती महिला थाइल्यान्डको बैंककबाट आएको थाई एयर एसियाबाट भैरहवा आएकी थिइन् ।
भैरहवाको अध्यागमनको चेकिङ सकेर बाहिर निस्किँदै गरेकी ती महिलालाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो शाखा र विमानस्थल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक जनार्दन जिसीले महिलाले छुट्टाछुट्टै पोका पारेर गाँजा लिएको अवस्थामा पक्राउ गरेको राताेपाटीलाई बताए ।
उनले पक्राउ परेकी महिलालाई बरामद भएको गाँजासहित थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले जिल्लामा भर्खर ल्याएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण