युवा पलायन रोक्ने कार्यक्रममा सघाउन यूएनडीपीसँग मुख्यमन्त्री पाण्डेको आग्रह
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र यूएनडीपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेट बिच भेटवार्ता भएको छ । भेटमा मुख्यमन्त्री पाण्डेले सशक्तीकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई यूएनडीपीले गर्दै आएको सहयोग प्रभावकारी रहेको बताए ।
यूएनडीपीले दिगो विकास, फोहोरमैला व्यवस्थापन, नवप्रवर्तन, उद्यमशीलताको क्षेत्रमा गण्डकी प्रदेशका विभिन्न पालिकाहरूमा काम गर्दै आएको छ । ‘प्रदेशको प्राथमिकताका क्षेत्रमा यूएनडीपीसँग सहकार्य गर्न हामी तयार छौँ,’ उनले भने, ‘यी क्षेत्रमा सहकार्य गर्दा प्रदेश सरकारले लिएको नीति अनुसार युवा पलायन रोक्न र रोजगारी सिर्जनामा सहयोग पुग्छ ।’
उनी मुख्यमन्त्रीमा नियुक्त भएपछि बाँझो जमिन उपयोगको नीति लिएका थिए । तर प्रभावकारी कार्यान्वयन भने भएको छैन । पाण्डेले दोस्रो पञ्चवर्षीय योजनामा आफ्ना प्राथमिकताको क्षेत्र पहिचान गरेकाले सो क्षेत्रमा सहकार्य हुँदा प्रदेशवासीले ठुलो उपलब्धि हासिल गर्न सक्ने दाबी गरे ।
भेटका क्रममा यूएनडीपीका उपक्षेत्रीय निर्देशक क्रिस्टोफले पिएलजिएसपी कार्यक्रम अन्तर्गत कार्यान्वयनमा रहेका कामका बारेमा चासो दिएका थिए । यूएनडीपीको सहयोगमा गण्डकी प्रदेशमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) सञ्चालनमा छ ।
गण्डकी प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले दोस्रो पञ्चवर्षीय योजनामा सरकारले लिएको रणनीतिका बारेमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण