समाजसेवी उप्रेतीले उपलब्ध गराए सैलुङको भीमसेन तरबार शिलाका लागि ५२ किलोको घण्टी
दोलखा । दोलखाको सैलुङ गाउँपालिका–८ मा पर्ने सैलुङ डाँडामा रहेको भीमसेनको तरबार शिलामा ५२ किलोको घण्टी राखिने भएको छ । वरिष्ठ समाजसेवी शोभित उप्रेतीले सो मन्दिरका लागि ५२ किलोको घण्टी र त्यसका लागि आवश्यक सामग्री उपलब्ध गराएका हुन् ।
उप्रेतीले सोमबार सञ्चारकर्मी एवं सङ्गीतकार प्रवीणप्रसाद थपलियालाई राजधानीको तपस होटलमा घण्टा सहितको सामाग्री हस्तान्तरण गरेका छन् । ढुवानीसमेतको व्यवस्था गरी हस्तान्तरण गरिएको सो घण्टा मङ्गलवार स्थापना गरिने थपलियाले जानकारी दिएका छन् ।
गत माघको चौथो हप्तामा उक्त भीमसेन तरबार शिलाको पूजा सम्पन्न भएको थियो । किंवदन्ती अनुसार पाँच पाण्डव मध्यको भीमसेन दोलखाबाट सैलुङको बाटो हुँदै नेपाल मण्डल जाने क्रममा सैलुङ डाँडामा तरबार (खड्ग) बिसाएर विश्राम गरेको र हिँड्ने बेला तरबार त्यही छोडिएको बताइन्छ ।
तीन हजार एक सय ४८ मिटरको उचाइमा रहेको सैलुङको सय वटा थुम्कामा ऋषिहरूले तपस्या गरेको किंवदन्ती समेत रहेको छ । तामाङ भाषामा सै को अर्थ सय र लुङको अर्थ थुम्का हुने र उक्त ठाउँमा सय वटा थुम्का रहेकोले सैलुङ नामकरण भएको स्थानीय ज्येष्ठ नागरिकहरू बताउँछन् ।
राप्रपाका सहायक कोषाध्यक्ष समेत रहेका उप्रेतीले आफ्नो जन्मभूमिका लागि घण्टा हस्तान्तरण गर्दै सैलुङ र समग्र दोलखाको विकासमा सबैसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण