समाजसेवी उप्रेतीले उपलब्ध गराए सैलुङको भीमसेन तरबार शिलाका लागि ५२ किलोको घण्टी

दोलखा । दोलखाको सैलुङ गाउँपालिका–८ मा पर्ने सैलुङ डाँडामा रहेको भीमसेनको तरबार शिलामा ५२ किलोको घण्टी राखिने भएको छ । वरिष्ठ समाजसेवी शोभित उप्रेतीले सो मन्दिरका लागि ५२ किलोको घण्टी र त्यसका लागि आवश्यक सामग्री उपलब्ध गराएका हुन् ।
उप्रेतीले सोमबार सञ्चारकर्मी एवं सङ्गीतकार प्रवीणप्रसाद थपलियालाई राजधानीको तपस होटलमा घण्टा सहितको सामाग्री हस्तान्तरण गरेका छन् । ढुवानीसमेतको व्यवस्था गरी हस्तान्तरण गरिएको सो घण्टा मङ्गलवार स्थापना गरिने थपलियाले जानकारी दिएका छन् ।
गत माघको चौथो हप्तामा उक्त भीमसेन तरबार शिलाको पूजा सम्पन्न भएको थियो । किंवदन्ती अनुसार पाँच पाण्डव मध्यको भीमसेन दोलखाबाट सैलुङको बाटो हुँदै नेपाल मण्डल जाने क्रममा सैलुङ डाँडामा तरबार (खड्ग) बिसाएर विश्राम गरेको र हिँड्ने बेला तरबार त्यही छोडिएको बताइन्छ ।
तीन हजार एक सय ४८ मिटरको उचाइमा रहेको सैलुङको सय वटा थुम्कामा ऋषिहरूले तपस्या गरेको किंवदन्ती समेत रहेको छ । तामाङ भाषामा सै को अर्थ सय र लुङको अर्थ थुम्का हुने र उक्त ठाउँमा सय वटा थुम्का रहेकोले सैलुङ नामकरण भएको स्थानीय ज्येष्ठ नागरिकहरू बताउँछन् ।
राप्रपाका सहायक कोषाध्यक्ष समेत रहेका उप्रेतीले आफ्नो जन्मभूमिका लागि घण्टा हस्तान्तरण गर्दै सैलुङ र समग्र दोलखाको विकासमा सबैसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’
-
म्यानमारका भूकम्पपीडिलाई एनआरएनए थाइल्याण्डद्वारा राहत सहयोग हस्तान्तरण