कान्तिपुर इन्जिनियरिङ कलेजमा एमाले अखिलको तालाबन्दी, निर्वाचन अबरुद्ध
ललितपुर । धापाखेलस्थित कान्तिपुर इन्जिनियरिङ कलेजमा नेकपा (एमाले) निकट अनेरास्ववियुले सोमबार बेलुका तालाबन्दी गरेको छ । स्ववियू निर्वाचनमा पराजित हुने मानसकिताले ताला लगाएको अखिल (क्रान्तिकारी)सहित अन्य तीन विद्यार्थी संगठनले आरोप लगाएका छन् ।
अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, नयाँशक्ति विद्यार्थी संगठनले उम्मेदवारी दर्ताको विषयमा छानविनका लागि कलेज प्रशासनसमक्ष माग राखेपछि अखिलले छानविन नै नगरी निर्वाचन गरिनुपर्ने भन्दै तालाबन्दी गरेर निर्वाचन विथोलेको तीन विद्यार्थी संगठनको आरोप छ ।
यसअघि अखिलले उम्मेदवारी दर्ताको समयसीमा कटिसकेपछि उम्मेदवारी दर्ता गरेकाले आफूहरुले छानविको माग गरेको अखिल क्रान्तिकारीले बताएको छ । देशभरका क्याम्पसहरुमा स्ववियू निर्वाचन भइरहँदा उक्त कलेजमा तालाबन्दीसँगै निर्वाचनमा अवरोध भएको छ ।
सत्तासीन दलको भ्रातृ संगठनको तालाबन्दीका कारण चैत १३ गतेदेखि सुरु हुने इन्जिनियरिङ अध्ययन संस्थानको बोर्ड परीक्षसमेत अवरुद्ध हुने अन्य विद्यार्थी संगठनले आरोप लगाएका छन् । तालाबन्दीका कारण परीक्ष प्रवेशपत्र तथा परीक्षा फर्म भर्न समस्या भएको विद्यार्थीहरुको गुनासो छ ।
यसैबीच यथाशिघ्र तालाबन्दी हटाएर स्ववियू निर्वाचन गर्न र बोर्ड परीक्षमा सहभागी हुने विद्यार्थीलाई समस्यामा नपार्न तीन विद्यार्थी संगठनले अखिललाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण