बिपी राजमार्गको ‘डालाबेशी–चारसयबेशी खण्ड’को ठेक्का खुलाइयो
काठमाडौँ । बिपी राजमार्गको स्थायी पुनर्निर्माणका लागि दोस्रो खण्डको ठेक्का खुलेको छ । भक्तपुर सडक डिभिजन कार्यालयले दोस्रो खण्डको ठेक्का आह्वान गरेको हो ।
जसअनुसार डालाबेशीदेखी चारसयबेशीसम्मको साढे ८ किलोमिटर खण्ड पुनः निर्माणका लागि ठेक्का आह्वान गरिएको भक्तपुर सडक डिभिजन कार्यालयका इन्जिनियर सीताराम बुढाथोकीले जानकारी दिए । काभ्रे जिल्लामा पर्ने यस खण्ड पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको उनको भनाइ छ ।
‘यो खण्डमा के कति लागत लाग्छ भन्नेबारेमा अहिले भन्न मिल्दैन । यसको सडक डबल लेनमा बन्ने छ । के कति लागत लाग्छ ठेक्का सम्झौता भएपछि मात्रै थाहा हुन्छ,’ उनले भने, ‘भोलि र पर्सिमा अर्को खण्डमा पनि ठेक्का लगाउने तयारी भइरहेको छ ।’
चारसयबेसीदेखि भकुण्डेबेशीसम्मको खण्डको ठेक्का लगाउने अन्तिम तयारी भएको उनले बताए ।
यसअघि बुधबार सिन्धुली सडक डिभिजन कार्यालय अन्तर्गत नेपालथोक–वर्खेखोला खण्ड करिब ५ किलोमिटर सडक निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । उक्त खण्डको लागत एक अर्ब बराबर रहेको जनाइएको छ । अब बिपी राजमार्ग अन्तर्गत २ खण्डको मात्रै ठेक्का लगाउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण