बिपी राजमार्गको ‘डालाबेशी–चारसयबेशी खण्ड’को ठेक्का खुलाइयो
_5zlrzmS8y6.jpg)
काठमाडौँ । बिपी राजमार्गको स्थायी पुनर्निर्माणका लागि दोस्रो खण्डको ठेक्का खुलेको छ । भक्तपुर सडक डिभिजन कार्यालयले दोस्रो खण्डको ठेक्का आह्वान गरेको हो ।
जसअनुसार डालाबेशीदेखी चारसयबेशीसम्मको साढे ८ किलोमिटर खण्ड पुनः निर्माणका लागि ठेक्का आह्वान गरिएको भक्तपुर सडक डिभिजन कार्यालयका इन्जिनियर सीताराम बुढाथोकीले जानकारी दिए । काभ्रे जिल्लामा पर्ने यस खण्ड पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको उनको भनाइ छ ।
‘यो खण्डमा के कति लागत लाग्छ भन्नेबारेमा अहिले भन्न मिल्दैन । यसको सडक डबल लेनमा बन्ने छ । के कति लागत लाग्छ ठेक्का सम्झौता भएपछि मात्रै थाहा हुन्छ,’ उनले भने, ‘भोलि र पर्सिमा अर्को खण्डमा पनि ठेक्का लगाउने तयारी भइरहेको छ ।’
चारसयबेसीदेखि भकुण्डेबेशीसम्मको खण्डको ठेक्का लगाउने अन्तिम तयारी भएको उनले बताए ।
यसअघि बुधबार सिन्धुली सडक डिभिजन कार्यालय अन्तर्गत नेपालथोक–वर्खेखोला खण्ड करिब ५ किलोमिटर सडक निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । उक्त खण्डको लागत एक अर्ब बराबर रहेको जनाइएको छ । अब बिपी राजमार्ग अन्तर्गत २ खण्डको मात्रै ठेक्का लगाउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असन्तुष्टिको कारोबार नगरौँ : महामन्त्री थापा
-
एनआरएनए महाधिवेशनसम्बन्धी मुद्दा 'हेर्न नमिल्ने'
-
भारत कठोर बनिरहँदा पाकिस्तानका पूर्वप्रम नवाजले भाइ शहबाजलाई दिए यस्तो सुझाव
-
कैलालीबाट हतकडीसहित भागेकी थुनुवा खोज्दा अर्का फरार पनि भेटिए
-
रोकिराखेको ट्रकमा ठोक्कियो यात्रुवाहक बस
-
शिक्षकका माग सम्बोधन गर्नुपर्छ भन्ने मन्त्रीलाई पदबाट हटाइयो : सांसद शर्मा