'एएफसी एसियन कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्छौं'
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले सिंगापुरसँग हुने मैत्रीपूर्ण फुटबल र एएफसी कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।
नेपालले आगामी मार्च २१ गतेदेखि मैत्रीपूर्ण खेल र त्यसपछि मार्च २५ मा मलेसियासँग एएफसी एसियन कप क्वालिफायर खेल्दैछ । त्यसका लागि बिदाइको अवसरमा नेपालका कप्तान तथा गोलकिपर किरणले अवे खेल हुने भएकाले केही असहज हुने भए पनि उत्कृष्ट प्रदर्शन गर्ने बताएका हुन् ।
नले अहिले नै यो गर्छौँ र उ गर्छौँ भन्नुभन्दा पनि राम्रो खेल्ने उल्लेख गर्दै आफ्नो टोलीमा धेरै अनुभवी खेलाडी नभए पनि क्षमतावान् रहेको बताएका छन् । उनले टोली सन्तुलित रहेको र चोटबाट अनुभवी खेलाडी रोहित चन्द पनि फर्कनु सुखद पक्ष रहेको बताएका छन् ।
समग्रमा आफ्ना टोली सन्तुलित रहेकाले राम्रो नतिजाको आशामा उनी छन् । छोटो तयारीका बावजुल सिंगापुरसँगको मैत्रीपूर्ण खेल छनोटका लागि राम्रो माध्यम बन्ने उनको विश्वास छ । कप्तान किरणले नयाँ प्रशिक्षकको प्रशिक्षणमा धेरै राम्रो परिवर्तन देख्न बताएका छन् । साफ अगाडि लगातार खेल हुनु टोलीका लागि सुखद पक्ष रहेको उनी बताउँछन् ।
नेपाली टोलीका प्रशिक्षक म्याट रसले टोलीमा धेरै क्षमतावान खेलाडी रहेकाले खेलका लागि उत्साहित रहेका बताएका छन् । टोलीमा अनुशासित र सतप्रतिशत कमिटमेन्ट दिने खेलाडी रहेकाले पनि आफू राम्रो नतिजाको आशामा रहेको उनको विश्वास छ ।
३० दिनसम्म खेलाडीसँग प्रशिक्षणमा रहेपछि राम्रो खेलाडी छनोट गरेको उनको भनाइ छ । टेक्निकल राम्रा खेलाडी रहेको यो युवा टोलीबाट सकारात्मक नतिजाको अपेक्षामा आफू रहेको उनले बताए ।
मंगलवार नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले बिदाइ गरेका थिए । —न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलिकप्टर दुर्घटनामा अमेरिकी गायक ओलिभर ट्रीको निधन
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण