थापाथली क्याम्पसमा मतगणना सुरु
मङ्गलबार, ०५ चैत २०८१, १७ : ५४
_n9hXSi7dOb.jpg)
काठमाडौँ । थापाथली इन्जिनियरिङ क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना सुरु भएको छ । मतदान सकिएसँगै मतगणना सुरु भएको हो ।
थापाथलीमा विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो । एक हजार ७०७ जना विद्यार्थीले मतदान गरेका थिए ।
हालसम्म पाँच वटा भोटिङ मेसिनको मतगणना हुँदासम्म नेविसंघका उम्मेदवार प्रह्लाद खड्का अगाडि देखिएका छन् । उनी ३७ मतले अगाडि देखिएका छन् । अब ७ वटा भोटिङ मेसिनको मतगणना बाँकी छ ।
यसअघि २०७९ सालको निर्वाचनमा समेत नेविसंघकै पुष्कर विक्रम शाही स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?
-
गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति
-
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कटान नियन्त्रण नहुँदा सुरौदी खोला जलाधार क्षेत्रका स्थानीय मारमा
-
बर्सिम घाँसको बीउबाटै लाख कमाउँछन् किसान