महेन्द्र मोरङमा खस्यो २६ सय मत, राति ८ बजेदेखि मतगणना गर्ने तयारी
मङ्गलबार, ०५ चैत २०८१, १८ : ०५

विराटनगर । मोरङ विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा २ हजार ६३१ मत खसेको छ । बिहान ८ बजेबाट सुरु गरिएको मतदान दिउँसो ४ बजेसम्म तय गरिएको थियो ।
उक्त अवधिमा ५ हजार ९८४ जना मतदातामध्ये ४३.९३ प्रतिशतले मात्रै मतदान गरेका हुन् । मतदानमा ३ हजार ६२३ जना विद्यार्थी अनुपस्थित रहे । निर्वाचनका लागि १५ वटा मतदानस्थल बनाइएको थियो ।
निर्वाचनमा प्रत्यक्षतर्फ ७ विद्यार्थी संगठनले उम्मेदवारी दिएका थिए । आजै सर्वदलीय बैठक बसेर राति ८ बजेदेखि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।
यस्तै विराटनगरको स्नातकोत्तर (डिग्री) क्याम्पसको स्ववियु निर्वाचनमा ३९८ मत खसेको छ । क्याम्पसमा कुल ६२७ विद्यार्थी मतदाता थिए । उता नर्सिङ क्याम्पस विराटनगरमा भने ३३३ विद्यार्थीमा ३१५ जनाले मतदान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्राधिकरणमा ‘चोर आतंक’
-
कैलालीमा बस र माइक्रो ठोक्किँदा १० जना घाइते
-
‘सिपाहीको कलमबाट अङ्क २’ पुस्तकबारे छलफल
-
गुणाकर गभर्नर बन्न किन अयोग्य ? खतिवडालाई उदाहरण बनाएर अधिवक्ताले देखाएका यी तीन कारण
-
गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ
-
संविधानमा सुनिश्चित अधिकार महिलाले पाएनन् : मन्त्री सुडी