संघीयतापछि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा उपलब्धि प्राप्त भएको छ: मन्त्री थापा

हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले संघीयता कार्यान्वयनसँगै शिक्षा स्वास्थ्य तथा भौतिक पूर्वाधार क्षेत्र को विकासमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् । उनले संघीयताले नागरिकको मौलिक हकसँगै शिक्षा स्वास्थ्यमा पहुँच समेत वृद्धि गरेको बताएका हुन् ।
स्वास्थ्य मन्त्रालयको आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२÷०८३ को योजना तर्जुमा गोष्ठीको समापन सत्रलाई सम्बोधन गर्दै मन्त्री थापाले नागरिक लक्षि सेवा प्रवाहमा प्रदेश सरकारले जोड दिएको बताए । प्रदेश सरकारले ग्रामीण भेगका नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने गरी स्थानीय स्तरको स्वास्थ्य संस्थाको स्तरोन्नतिमा जोड दिएको उनको भनाइ छ ।
मन्त्री थापाका अनुसार प्रदेशका आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चितताका लागि जनशक्ति र स्वास्थ्य उपकरणको व्यवस्थापन सहित गर्ने काम गरिरहेको उनले बताए । स्थानीय स्तरका ५ स्वास्थ्य संस्थालाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्नेगरी प्रक्रिया अघि बढाइएको उनको भनाई छ । टेलिमेडिसिन मार्फत प्रादेशिक अस्पताल र प्रदेशको प्रविधि युक्त स्वास्थ्य संस्थामा जोडेर विशेषज्ञ डाक्टर सहितको सेवा प्रदान गर्ने गरी तयारी भएको उनले बताए ।
मन्त्रालय स्वास्थ्य सेवामा पेपर लेस प्रविधिको प्रयोगमा अग्रसर भइरहेको उनले बताए । मन्त्रालयले नीति स्वास्थ्य संस्थाको दर्ता नवीकरण लगायतका कार्य अनलाइन मार्फत गर्नेगरी प्रविधिको प्रयोगमा ल्याएको उनको भनाइ छ । अस्पतालहरूमा बिरामीको चाप व्यवस्थापन गर्न अनलाइन मार्फत टिकट तथा रिपोर्ट लिने व्यवस्था मिलाइएको उनले बताए ।
कार्यक्रममा मन्त्री थापाले अनलाइनबाटै निजी अस्पताल तथा स्वास्थ्य संस्था दर्ता तथा नवीकरण गर्ने प्रविधिको शुभारम्भ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त
-
क्याबिनेट निर्णय : गभर्नर सिफारिस समिति पुनर्गठन, विश्वको ठाउँमा पाण्डे
-
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली