संघीयतापछि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा उपलब्धि प्राप्त भएको छ: मन्त्री थापा
हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले संघीयता कार्यान्वयनसँगै शिक्षा स्वास्थ्य तथा भौतिक पूर्वाधार क्षेत्र को विकासमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् । उनले संघीयताले नागरिकको मौलिक हकसँगै शिक्षा स्वास्थ्यमा पहुँच समेत वृद्धि गरेको बताएका हुन् ।
स्वास्थ्य मन्त्रालयको आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२÷०८३ को योजना तर्जुमा गोष्ठीको समापन सत्रलाई सम्बोधन गर्दै मन्त्री थापाले नागरिक लक्षि सेवा प्रवाहमा प्रदेश सरकारले जोड दिएको बताए । प्रदेश सरकारले ग्रामीण भेगका नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने गरी स्थानीय स्तरको स्वास्थ्य संस्थाको स्तरोन्नतिमा जोड दिएको उनको भनाइ छ ।
मन्त्री थापाका अनुसार प्रदेशका आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चितताका लागि जनशक्ति र स्वास्थ्य उपकरणको व्यवस्थापन सहित गर्ने काम गरिरहेको उनले बताए । स्थानीय स्तरका ५ स्वास्थ्य संस्थालाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्नेगरी प्रक्रिया अघि बढाइएको उनको भनाई छ । टेलिमेडिसिन मार्फत प्रादेशिक अस्पताल र प्रदेशको प्रविधि युक्त स्वास्थ्य संस्थामा जोडेर विशेषज्ञ डाक्टर सहितको सेवा प्रदान गर्ने गरी तयारी भएको उनले बताए ।
मन्त्रालय स्वास्थ्य सेवामा पेपर लेस प्रविधिको प्रयोगमा अग्रसर भइरहेको उनले बताए । मन्त्रालयले नीति स्वास्थ्य संस्थाको दर्ता नवीकरण लगायतका कार्य अनलाइन मार्फत गर्नेगरी प्रविधिको प्रयोगमा ल्याएको उनको भनाइ छ । अस्पतालहरूमा बिरामीको चाप व्यवस्थापन गर्न अनलाइन मार्फत टिकट तथा रिपोर्ट लिने व्यवस्था मिलाइएको उनले बताए ।
कार्यक्रममा मन्त्री थापाले अनलाइनबाटै निजी अस्पताल तथा स्वास्थ्य संस्था दर्ता तथा नवीकरण गर्ने प्रविधिको शुभारम्भ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण