पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी
मङ्गलबार, ०५ चैत २०८१, १९ : ४७
काठमाडौँ । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनबाट उनी १ हजार १०२ मतसहित विजयी भएका हुन् ।
उनी स्नातक सिभिल इन्जिनियरिङ चौथो वर्षमा अध्ययनरत छन् । उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत ल्याए ।
सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले एक हजार ६४ मत ल्याएर निर्वाचित भए । कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकालले एक हजार ४२ मत ल्याएर निर्वाचित भएका छन् ।
यसअघि २०७९ सालको निर्वाचनमा एमाले निकट अनेरास्ववियुका विराज अर्याल निर्वाचित भएका थिए । उनी यो पटक समेत उम्मेदवार बनेका थिए । विजयी श्रेष्ठ भने २०७९ मा स्ववियु सदस्यमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण