यातायात व्यवस्था कार्यालय डुम्रेलाई साढे दुई करोड बराबरको जग्गा दान
दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी कृष्ण अधिकारीले यातायात व्यवस्था कार्यालय डुम्रेको भवन निर्माणका लागि करिब साढे दुई करोड मूल्य बराबरको जग्गा निःशुल्क दान दिएका छन् ।
भाडाको भवनमा सञ्चालन हुँदै आएको कार्यालयको भवन निर्माणका लागि अधिकारीले मंगलबार मालपोत कार्यालय तनहुँबाट पाँच रोपनी जग्गा यातायात व्यवस्था कार्यालयका नाममा नामसारी गरिदिएका हुन् । यसअघि पनि वडा कार्यालय भवन निर्माणका लागि चारआना जग्गा दान गरेका अधिकारीले हालको मूल्य साढे दुई करोड बराबरको जग्गा यातायात कार्यालयलाई दान दिएको बन्दीपुर गाउँपापालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।
यातायात व्यवस्था कार्यालय डुम्रेका प्रमुख गोपाल ओलीले कार्यालयका लागि जग्गा प्राप्ति भएसँगै अब थप प्रक्रिया अगाडि बढ्ने बताए । भाडाको घरमा कार्यालय सञ्चालन गर्दा लाखौँ खर्च हुने गरेकाले अब आफ्नै भवन निर्माण गरी सेवा दिने ओलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण