गुल्मीको श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको जित
बुटवल । गुल्मीको रानीवास स्थित श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्ववियुका संयुक्त प्यानललाई हराउँदै माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले जित हासिल गरेको छ। अध्यक्षमा विशाल थापा हित क्रान्तिकारीको पुरै प्यानलले जित हासिल गरेको हो।
उक्त क्याम्पसका निर्वाचन अधिकृत लक्ष्मण प्रसाद उपाध्यायले दिएको जानकारी अनुसार खसेका कुल मत १०६ मध्ये अखिल क्रान्तिकारीका अध्यक्ष पदका उम्मेदवार विशाल थापा ६५ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेविसंघ र अनेरास्ववियुका संयुक्त उम्मेदवार नेत्र प्रसाद ज्ञवालीले ४१ मत ल्याएका थिए।
त्यस्तै सचिव पदका उम्मेदवार क्रान्तिकारी कै पुष्पा कुँवरले ५३ मत ल्याएर विजयी भएकी छिन्। उनकी प्रतिस्पर्धी बिन्ध्या रानाले ४६ मत ल्याएकी थिइन। कोषाध्यक्षमा पनि क्रान्तिकारी कै सिर्जना बस्याल ५५ मत ल्याएर विजयी भएकी छिन्। उनका प्रतिस्पर्धी लक्ष्मी ज्ञवालीले ४९ मत ल्याएकी थिइन।
सदस्यहरूमा क्रान्तिकारी कै बिपना थापा ६० मत, अप्सरा परियार ५६ मत, दया पौड्याल ५६ मत लिएर विजयी भएकी छन्। त्यस्तै प्रतिस्पर्धी मनदिप श्रेष्ठले ४९, करिना सोमै ४६ र दिपा पन्थले ४४ मत ल्याएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण