महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल निर्वाचित, एक मतले हारेपछि अनेरास्ववियुको विरोध
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय महाराजगन्ज नर्सिङ क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका विन्दु पोखरेल निर्वाचित भएकी छन्। उनले २६० मत प्राप्त गर्दै निर्वाचन भएकी हुन्। उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी मनकुमारी बुढाले २५९ मत प्राप्त गरिन।
अनेरास्ववियुले भने मतगणनामा धादली भएको जनाएको छ। दुवै उम्मेदवारले समान २५९–२५९ मत पाएको तर, निर्वाचन समितिले धाँधली गरेर पोखरेललाई एक मत बढी ल्याएको जनाएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो।
'दुवै जनाको २५९-२५९ मत आएको थियो । निर्वाचन समितिले नेविसंघको एक मत बढी देखाएर जवरजस्ती निर्वाचित गराएको हो,' अनेरास्ववियु नेता तथा निवर्तमान स्ववियु अध्यक्ष नोबिना बस्नेतले भनिन्।
अनेरास्ववियुले समानुपातिकको मतगणना समेत बहिस्कार गरेको छ। उनीहरूले मत गणनामा धाँधली भएको भन्दै त्यसलाई सच्याउनुपर्ने माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण