महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल निर्वाचित, एक मतले हारेपछि अनेरास्ववियुको विरोध

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय महाराजगन्ज नर्सिङ क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका विन्दु पोखरेल निर्वाचित भएकी छन्। उनले २६० मत प्राप्त गर्दै निर्वाचन भएकी हुन्। उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी मनकुमारी बुढाले २५९ मत प्राप्त गरिन।
अनेरास्ववियुले भने मतगणनामा धादली भएको जनाएको छ। दुवै उम्मेदवारले समान २५९–२५९ मत पाएको तर, निर्वाचन समितिले धाँधली गरेर पोखरेललाई एक मत बढी ल्याएको जनाएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो।
'दुवै जनाको २५९-२५९ मत आएको थियो । निर्वाचन समितिले नेविसंघको एक मत बढी देखाएर जवरजस्ती निर्वाचित गराएको हो,' अनेरास्ववियु नेता तथा निवर्तमान स्ववियु अध्यक्ष नोबिना बस्नेतले भनिन्।
अनेरास्ववियुले समानुपातिकको मतगणना समेत बहिस्कार गरेको छ। उनीहरूले मत गणनामा धाँधली भएको भन्दै त्यसलाई सच्याउनुपर्ने माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल