संसद् बैठक
‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति घिमिरेले मागे माफी
बुधबार, ०६ चैत २०८१, १९ : ५५
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति माफी मागेका छन् । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमायाचना मागेका हुन् ।
उनले चैत ३ गतेको प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका थिए । बुधवारको बैठकमा घिमिरेले उक्त धारणा पार्टी र संसदीय दलको आधिकारिक धारणा नभएको पनि बताए ।
‘यही चैत ३ गते विशेष समयमा मैले अभिव्यक्त गरेको धारणा पार्टी र कांग्रेस संसदीय दलको आधिकारिक धारणा होइन । यी विचारले संसद्का सदस्यहरू अन्य जनसमुदायमा समेत नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमायाचना गर्न चाहन्छु’, घिमिरेले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण