२५ करोड अवैध रकमबारे विशेष प्रकारको छानबिन समिति गठन गर्न माग
काठमाडौँ । नेकपा माओवादीका सांसद माधव सापकोटाले मङ्गलवार चीनको केरुङतर्फ लैजान लागेको २५ करोड अवैध रकमबारे विशेष प्रकारको छानबिन समिति गठन गर्न माग गरेका छन् ।
बुधवारको प्रतिनिधिसभा बैठकमा सांसद सापकोटाले उक्त रकमबारे छानबिनका लागि विशेष प्रकारको छानबिन समिति गठनको माग गरेका हुन् । उनले नेपालको इतिहासमै सबैभन्दा ठुलो अवैध रकम बरामद भएको घटनाले सिङ्गो देश तरङ्गित भएको भन्दै यो घटनाले सङ्गठित अपराध र तस्करको जालो कसरी फैलिएको छ भन्ने पुष्टि गरेको बताए ।
उनले यति ठुलो मात्राको तस्करी माथिल्लो तहको संलग्नताविना सम्भव नहुने भन्दै घटनाको गम्भीरतापूर्वक छानबिन गर्न माग गरे । ‘यस्ता प्रकृतिका घटनामा ड्राइभर र भरिया मात्र पक्राउ गर्ने र ढिसमिस हुने गरेको छ । त्यसैले यो घटनामा विशेष प्रकारको छानबिन समिति गठन गरियोस्’, सापकोटाको भनाइ छ । मङ्गलवार प्रहरीले टोखास्थित झोर केरुङतर्फ लैजान लागेको २५ करोड अवैध रकम बरामद गरेको थियो ।
त्यस्तै सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पनि यस्ता घटनामा ड्राइभरलाई पक्राउ गर्ने तर तस्करसम्म नपुग्ने प्रवृत्ति देखिएको भन्दै अहिले पनि भरिया र ड्राइभर नसमात्ने हो भने सरकारले आँखामा छारो हालेजस्तो हुने भन्दै सरकार त्यो तहसम्म पुग्नुपर्ने बताए । राप्रपा सांसद रोशन कार्कीले पनि उक्त घटनाबाट मुलुकमा तस्करी कति बढेको छ भन्ने देखिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण