भाडाको घरमा किन सरे शाहरुख खान ?
नयाँ दिल्ली । बलिउडका अभिनेता शाहरुख खान भाडाको घरमा बस्न लागेका छन् । खानले आफ्नो घर मर्मत गरिरहेकाले भाडाको घरमा सरेको समाचारमा उल्लेख छ ।
यस्तो अवस्थामा अभिनेता शाहरुख पत्नी गौरी छोराछोरी आर्यन, सुहाना र अबरामसँग भाडाको घरमा बस्न लागेका हुन् । रिपोर्टका अनुसार, खान भाडामा बस्ने घर अभिनेता ज्याकी भगनानीको परिवारको हो ।
मुम्बईको पाली हिल्समा रहेको सो डुप्लेक्स अपार्टमेन्टको वार्षिक भाडा २ करोड ९४ लाख भारुभन्दा बढी हुने बताइएको छ । जहाँ शाहरुख खान तीन वर्ष बस्ने बताइएको छ ।
शाहरुखले एउटा अपार्टमेन्टका लागि मासिक ११ लाख ५४ हजार र दोस्रो अपार्टमेन्टको लागि १२ लाख ६१ हजार भारु भाडा तिर्नेछन् । रिपोर्टका अनुसार, शाहरुखले आफ्नो ६ तले मन्नतमा थप दुई तला थप्न नियामकबाट अनुमति लिएका छन् ।
हाल घरको काम चलिरहेकोले उनी आफ्नो सम्पूर्ण परिवारसँग भाडाको घरमा सर्नु परेको हो । अहिले सरेको घर मन्नतभन्दा तीन किमीको दुरीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण