'११:५५' फिल्मको विषयमा के भन्छन् कलाकार ?
काठमाडौँ । आगामी शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म हो '११ः५५' (डु नट ट्रस्ट एनिवन) । फिल्मको बुधबार साँझ राजधानीमा एक समारोहका बिच प्रिमिएर समेत हुँदै छ । प्रिमिएर अगाडि निर्माण युनिटले एक कार्यक्रम गर्दै फिल्मको बारेमा जानकारी दियो ।
कार्यक्रममा फिल्मकी मुख्य अभिनेत्री सृष्टि श्रेष्ठ ‘११ः५५’मा दर्शकले आफूलाई अहिलेसम्मकै भिन्न चरित्रमा देख्न सक्ने बताइन् । फिल्ममा आफ्नो एक विवाहित महिलाको भूमिका रहेको सुनाएकी उनले फिल्म थ्रिलर जनरामा निर्माण भएका जानकारी दिइन् ।
‘यो जनारा मेरो मनपर्ने जनरा हो । एक दिन रातीको '११ः५५'मा घटेको घटनाको वरिपरि फिल्म घुम्छ’, उनले थपिन् ‘फिल्मको क्यारेक्टरको एउटा साइकोलजिकल ग्राफ अनि लुक वाइज पनि फरक छ ।’
अर्की, अभिनेत्री करिष्मा श्रेष्ठले फिल्ममा आफ्नो ‘ग्रे’ क्यारेक्टर रहेको बताइन् । उनले ‘ग्रे’ क्यारेक्टर अभिनयको विषयमा आफूले कहिल्यै नसोचेको बताउँदै त्यो क्यारेक्टर निभाउन निकै चुनौती भएको सुनाइन् । उनले फिल्मबाट आफू दर्शकको नोटिस पर्ने विश्वास व्यक्त गरिन् ।
अभिनेता महेश त्रिपाठीले फिल्म क्राइम थ्रिलरमा भएको कारण पनि आफू जोडिएको बताए । उनले फिल्ममा काम गर्ने कलाकार सबैको मुख्य भूमिका भएकोले काम गर्न निकै मज्जा आएको अनुभव सुनाए । जसरी हामीले छायाङ्कन सेटमा काम गरेका थियौँ । त्यसरी नै हलमा फिल्म हेर्न पनि मज्जा आउने छ ।
फिल्मबाट अभिनेता सागर खनालले समेत नेपाली रजतपटमा डेव्यु गर्दैछन् । आफूलाई डेव्युको प्रेसर नलिएको उनले बताए । ‘मैले आजको दिनसम्म आउन निकै सङ्घर्ष गरेको छु । यो कुराको लागि अलिकति रेडी पनि थिए’, उनले भने ‘ फिल्ममा डेव्यु तयारीको लागि समय पनि लिए । झ्वाट्टै आइहालेको पनि होइन ।’ कलेज पढ्नु पर्छ, बुझ्नु पर्छ भनेर पहिलो नै थाहा पाएर तयारी गरेर आएकोले नै फिल्म अभिनय सजिलो भएको उनले सुनाए ।
फिल्मको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु फिल्म हो । फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ ।
अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, रामशरण उप्रेतीको छायाङ्कन र पासाङ दावा शेर्पाको सम्पादन रहेको फिल्मको प्रोडक्सन डिजाइनर सुवास राज काफ्ले हुन् ।
विचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । फिल्ममा एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
-
किसानलाई अनुदानमा कृषि उपकरण
-
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका
-
एनसेललाई पटक पटक विवादमा तान्नुको कारण के हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण