महाराजगञ्ज मेडिकल कलेजमा स्ववियु जितेसँगै नेविसंघका कार्यकर्ता कुटपिटमा उत्रिए
काठमाडौँ । महाराजगञ्ज मेडिकल कलेजमा नेविसंघले स्ववियु अध्यक्ष जितेको छ । अनेरास्ववियुका उम्मेदवार पंकज गुप्तालाई १३० मतान्तरले पराजित गर्दै नेविसंघका उम्मेदवार विवेककुमार यादव विजयी भएका हुन् ।
उनी विजयी भएसँगै नेविसंघका नेता कार्यकर्ता अराजक बन्न थालेका छन् । उनीहरूले अनेरास्ववियु तथा अखिल क्रान्तिकारीका उम्मेदवारहरूमाथि कुटपिट गर्न थालेका हुन् । होस्टेलमा बसिरहेका बेला अनेरास्ववियुको तर्फबाट स्ववियु सचिवका उम्मेदवार बनेका रूपसिंह सुनारमाथि आक्रमण गरेका छन् ।
विजयी र्याली मनाउँदै नेविसंघका नेता कार्यकर्ता होस्टेलका कोठा कोठामा पुगेका थिए । त्यही बेला कोठाभित्र बसेकाहरू विपक्षीमाथि ढोकामा लात्तीले हान्ने, वियरका बोतल प्रहार गर्ने जस्ता अराजक गतिविधि गर्दै आएको विद्यार्थीहरूको आरोप छ ।
उनीहरूले गरिरहेको अराजकताको भिडियो समेत सार्वजनिक भएका छन् । जसमा होस्टेल बाहिर बसिरहेका व्यक्तिहरूमा सामूहिक आक्रमण गरेको देखिन्छ । आयो आयो नेविसंघ आयो भन्दै नाराबाजी गर्दै हिडेका नेविसंघका कार्यकर्ताहरूले ढोकामा लात्ताले हानेर फुटाएका हुन् ।
करिब २०० जनाको संख्यामा रहेका नेविसंघका नेता कार्यकर्ताहरू विद्यार्थी बसिरहेका होस्टेलमा गएर अनेरास्वयिवु, अखिल क्रान्तिकारीका उम्मेद्वार तथा नेता कार्यकर्तामाथि कुटपिटमा उत्रिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण