महाराजगञ्ज मेडिकल कलेजमा स्ववियु जितेसँगै नेविसंघका कार्यकर्ता कुटपिटमा उत्रिए

काठमाडौँ । महाराजगञ्ज मेडिकल कलेजमा नेविसंघले स्ववियु अध्यक्ष जितेको छ । अनेरास्ववियुका उम्मेदवार पंकज गुप्तालाई १३० मतान्तरले पराजित गर्दै नेविसंघका उम्मेदवार विवेककुमार यादव विजयी भएका हुन् ।
उनी विजयी भएसँगै नेविसंघका नेता कार्यकर्ता अराजक बन्न थालेका छन् । उनीहरूले अनेरास्ववियु तथा अखिल क्रान्तिकारीका उम्मेदवारहरूमाथि कुटपिट गर्न थालेका हुन् । होस्टेलमा बसिरहेका बेला अनेरास्ववियुको तर्फबाट स्ववियु सचिवका उम्मेदवार बनेका रूपसिंह सुनारमाथि आक्रमण गरेका छन् ।
विजयी र्याली मनाउँदै नेविसंघका नेता कार्यकर्ता होस्टेलका कोठा कोठामा पुगेका थिए । त्यही बेला कोठाभित्र बसेकाहरू विपक्षीमाथि ढोकामा लात्तीले हान्ने, वियरका बोतल प्रहार गर्ने जस्ता अराजक गतिविधि गर्दै आएको विद्यार्थीहरूको आरोप छ ।
उनीहरूले गरिरहेको अराजकताको भिडियो समेत सार्वजनिक भएका छन् । जसमा होस्टेल बाहिर बसिरहेका व्यक्तिहरूमा सामूहिक आक्रमण गरेको देखिन्छ । आयो आयो नेविसंघ आयो भन्दै नाराबाजी गर्दै हिडेका नेविसंघका कार्यकर्ताहरूले ढोकामा लात्ताले हानेर फुटाएका हुन् ।
करिब २०० जनाको संख्यामा रहेका नेविसंघका नेता कार्यकर्ताहरू विद्यार्थी बसिरहेका होस्टेलमा गएर अनेरास्वयिवु, अखिल क्रान्तिकारीका उम्मेद्वार तथा नेता कार्यकर्तामाथि कुटपिटमा उत्रिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन