मधेस प्रदेशले दियो आर्मी क्लबलाई पहिलो हारको पिडा
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो हार भोगेको छ । मधेस प्रदेशले आर्मी क्लबलाई पहिलो हारको पिडा दिएको हो । मधेश प्रदेशले बुधबार सम्पन्न खेलमा आर्मी क्लबलाई तीन विकेटले हरायो ।
हालसम्म ६ खेल खेलेको आर्मी यसअघि लगातार पाँच खेलमा विजयी भएको थियो । आर्मीको हारपछि जारी प्रतियोगितामा आफूले खेलेको सबै खेल जित्ने एकमात्र टोली नेपाल पुलिस क्लब हो । हालसम्म पाँच खेल खेलेको मधेस प्रदेशको भने यो दोस्रो जित हो । मधेस प्रदेशले तीन खेलमा हार भोगेको छ ।
दाङको लमही क्रिकेट रंगशालामा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आर्मी क्लबले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय १७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मधेश प्रदेशले भने ४८ ओभरमा सात विकेट गुमाएर दुई सय १९ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
मधेस प्रदेशको जितमा कप्तान अनिल साहले ४५ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ४८ बलमा सात चौका प्रहार गरे । चौथो नम्बरका ब्याट्सम्यान हरिशंकर साहले पनि ३७ रन बनाए । उनले ७५ बलमा एक चौका हिर्काए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका पवन सर्राफले पनि टोलीका लागि ३७ रनको योगदान गरे । उनले ४३ बलमा एक छक्का र तीन चौका प्रहार गरे । टोलीलाई जितसम्म डोर्याएका तल्लो क्रमका ब्याट्सम्यान रुपेश सिंह ३८ रनमा अविजित रहे ।
रुपेशले केवल २० बलमा दुई छक्का र दुई चौका प्रहार गरे । निखिल सिंह १४ रनमा अविजित रहे । उनले २६ बलमा एक चौका हिर्काए । दिपेश दासले टोलीको खातामा १० रन थपे । ओपनर मयान यादव १० र शैलेन्द्र साह १५ रन बनाउँदै आउट भएका थिए ।
मधेस प्रदेशले अतिरिक्त रुपमा पनि सात रन पायो । आर्मी क्लबका बलर नरेश साउदले तीन विकेट लिए । उनले १० ओभरमा ५४ रन खर्चिए । बसिर अहमद र सोमपाल कामीले पनि दुई–दुई विकेट हात पारेका थिए ।
त्यसअघि, आर्मी क्लबका लागि अनुभवी खेलाडी भीम सार्कीले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले ८९ रन बनाएका थिए । यस क्रममा उनले एक सय २६ बलको सामना गरी चार चौका पनि हिर्काए ।
ओपनर ब्याट्सम्यान सन्तोष कार्कीले पनि टोलीका लागि ३३ रनको योगदान गरे । उनले ५३ बलको सामना गरी तीन चौका हिर्काए । कुशल मल्लले पनि टोलीको खातामा अविजित २४ रन थपे । उनले २० बलमा दुई छक्का प्रहार गरे ।
विवेक यादले १६ रन बटुले । ओपनर तृतराज दास १४ रन बनाउँदै पेभेलियन फर्किए । कप्तान विनोद भण्डारीले ११ र बसिर अहमदले १० रन जोडे । नरेन साउद आठ रनमा अविजित रहे ।
आर्मी क्लबले अतिरिक्त रुपमा ११ रन पायो । मधेश प्रदेशका बलर रुपेश सिंह, कमल गुप्ता र पवन सर्राफले दुई–दुई विकेट लिए । रञ्जित कुमारले पनि एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण